सोमबार ११ जेष्ठ, २०८३ (Monday May 25, 2026)

संसद पुनःस्थापना गर्नुपरे जेनजी तथा आम नागरिकका स्पष्ट मागहरूलाई सम्बोधन गर्ने सहमती अनिवार्य हुनुपर्ने :- प्रबक्ता लिम्बु।

आईतवार १८ माघ, २०८२ Bichar Batika 1335


संसद पुनःस्थापना गर्नुपरे जेनजी तथा आम नागरिकका स्पष्ट मागहरूलाई सम्बोधन गर्ने सहमती अनिवार्य हुनुपर्ने :- प्रबक्ता लिम्बु।

माध १८ काठमाडौँ , जेनजी २.० का प्रवक्ता अविन लिम्बुले हिजाे शनिवार जारी धारणा सार्वजनिक गर्दै संसद पुनःस्थापना गर्नुपर्ने भए जेनजी तथा आम नागरिकका स्पष्ट मागहरूलाई औपचारिक रूपमा सम्बोधन गर्ने सहमती सर्त अनिवार्य हुनुपर्ने बताएका छन्।
जेनजी २.० ले वर्तमान राजनीतिक संकटलाई केवल सत्ता संघर्षको विषय नभई राज्यको वैधानिकता र जनताको सार्वभौमिक अधिकारसँग गाँसिएको गम्भीर विषयको रूपमा लिएको जानकारी गराउदै लिम्बूले यदि संसद पुनःस्थापना नै गर्ने हो भने, त्यो पुरानै प्रवृत्ति, पुरानै अनुहार र पुरानै सम्झौतामा आधारित हुनु हुँदैन, माग सम्बोधन नगरी गरिएको संसद पुनःस्थापना जेनजी २.० लाई स्वीकार्य नहुने समेत प्रवक्ता लिम्बूले जानकारी गरायकाे छ ।
लिम्बूले जनताको भरोसा पुनःस्थापित नगर्ने कुनै पनि राजनीतिक निर्णय दीर्घकालीन समाधान हुन नसक्ने स्पष्ट पार्दै, इतिहासले बारम्बार पुराना अभ्यासले देशलाई निकास नदिएको प्रमाणित गरिसकेको उनको भनाइ छ।
प्रवक्ता लिम्बुले सहमती सर्तसहित संसद पुनःस्थापना सम्भव नभए देशलाई निकास दिने एक मात्र लोकतान्त्रिक विकल्प निष्पक्ष, स्वतन्त्र र समयमै निर्वाचन भएको बताउदै नयाँ जनादेशबिना वर्तमान संकट समाधान सम्भव नभएकाे समेत लिम्बूले बताएकाे छ ।
जेनजी २.० ले सबै राजनीतिक शक्ति, संवैधानिक निकाय तथा राज्य संरचनालाई चेतावनी दिँदै अबका निर्णय सत्ता जोगाउने नभई देश जोगाउने हुनुपर्ने स्पष्ट सन्देश दिएको छ,अब सम्झौता बन्द कोठामा होइन, जनतासँग हुनुपर्छ, जेनजी २.० लोकतन्त्र, जवाफदेहिता र जनअधिकारको पक्षमा अडिग रूपमा उभिएकाे प्रवक्ता लिम्बूले बताएका छन्। 

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु