सोमबार २६ माघ, २०८२ (Monday February 09, 2026)

गाेठगाउँ- गाेठपानीकाे १३२ जना जेष्ठ नागरिकहरू लाई सराेकार समाज द्वारा न्यानाे कपडा वितरण ।

बुधबार ३० पुष, २०८२ डि बि श्रेष्ठ , 1799


गाेठगाउँ- गाेठपानीकाे १३२ जना जेष्ठ नागरिकहरू लाई सराेकार समाज द्वारा न्यानाे कपडा वितरण ।

पुष ३० रामेछाप , रामेछाप नगरपालिका वडा नम्बर एक गाेठगाउँ- गाेठपानीकाे ७५ वर्ष भन्दा भन्दा माथिकाे १३२ जना जेष्ठ नागरिकहरू लाई टाेल - टाेल ,घर - घरमा पुगेर गाेठगाउँ सराेकार समाजले न्यानाे कपडा वितरण कार्यक्रम सम्पन्न गरेकाे छ ।

गाेठगाउँ सराेकार समाजको साताैं स्थापना दिवसको अवसर पारि आजीवन सदस्य तथा सहयाेगी मनकाे धनीहरू सविन श्रेष्ठ , सन्तलाल श्रेष्ठ , रबिन श्रेष्ठ , संजय कुमार थापा, दिलिप श्रेष्ठ , कुमार श्रेष्ठ , देव कुमारी श्रेष्ठ , मीन बहादुर श्रेष्ठ ( बिष्णु),  विनाेद बुढाथोकी ,नारायण श्रेष्ठ , सुजन कार्की ,शिर कुमारी श्रेष्ठ ( सिर्जना ) ,रमेशकुमार बस्नेत,रामकुमार कार्की , नेत्र बहादुर श्रेष्ठ, थिर बहादुर श्रेष्ठ , बाबुराम श्रेष्ठ , खिल बहादुर श्रेष्ठ , गाेपीराज खत्री ,यसाेदा श्रेष्ठ, सन्ताेष जंग थापा , टेक बहादुर श्रेष्ठ , प्रेम बहादुर श्रेष्ठ, लगायतका व्यक्तिहरूकाे आर्थिक सहयाेगमा संस्थाले एक लाख नाै हजार एक सय बराबरको न्यानाे कपडा वितरण गरेकाे संस्थाका अध्यक्ष संजय कुमार थापाले विचार वाटिकालाई जानकारी गराउनु भयाे ।

गाेठगाउँ सराेकार समाजले गाेठगाउँका साविककाे वडा नं. एक का १२ जना, दुई का ४ जना, तिन का ७ जना, चार का १० जना, पाचँ का १८ जना, छ का २२ जना ,सात का २४ जना ,आठका १३ जना र नाै का २२ जना गरि जम्मा १३२ जना गाेठगाउँ- गाेठपानीमानै बसाेबास गरीरहेका जेष्ठ नागरिकहरूलाई संस्थाका अध्यक्ष संजय कुमार थापा , उपाध्यक्ष देव कुमारी श्रेष्ठ , सहसचिव कुमार श्रेष्ठ , आजीवन तथा सल्लाहकार सदस्य दिलिप श्रेष्ठ , जनप्रतिनिधिहरू सन्जित कार्की , शिर कुमारी श्रेष्ठ ( सिर्जना ) आजीवन सदस्यहरू तिलमाया श्रेष्ठ , सबिन श्रेष्ठ , विनाेद बुढाथोकी, रमेशकुमार बस्नेत , नानी बाबू कार्की लगायतको टाेलीले दुई चरणमा टाेल -टाेल, घर- घरमा पुगी न्यानाे कपडा वितरण  गरेकाे समेत अध्यक्ष थापाले जानकारी गराउनु भयाे ।

 गाेठगाउँ सराेकार समाजले स्थापना काल देखिनै गाेठगाउँ - गाेठपानीका विभिन्न विद्यालयका विद्यार्थीहरू लाई चित्रकला प्रशिक्षण , वातावरण संरक्षणकाे लागि वृक्षारोपण कार्यक्रम , विभिन्न साँस्कृतिक तथा वडा स्तरीय भलिबल खेल प्रतियोगिता , वडा कार्यालय गाेठगाउँकाे सहकार्यमा फलफूलकाे बिरुवा खरिद गरि वितरण ,गम्भीर राेग बाट ग्रसित बिरामीहरूकाे लागि आर्थिक सहयाेग अभियान ,प्रत्येक नयाँ वर्षमा भित्तेपात्राे प्रकाशन गरि घर घरमा वितरण , काठमाडौं वर्षको दुई चाेटी रक्तदान कार्यक्रम तथा गाेठगाउँ- गाेठपानी लगायत विभिन्न जिल्लाका बिरामीहरू लाई ब्लडकाे अभाव हुदा ब्लड उपलब्ध गरादिन सहजीकरण गर्ने जस्ता थुप्रै सामाजिक कार्य गर्दै आएता पनि यस्ताे ( न्यानाे कपडा वितरण ) कार्यक्रम भने  पहिलाे चाेटी गर्न पाउँद र गाउँका जेष्ठ बुबा आमाहरूकाे आशिर्वाद लिन पाउदा  छुट्टै गर्वकाे महशुल भएकाेले यस कार्यक्रम सफलता पुर्वक सम्पन्न गर्न सहयाेग गर्नुहुने मुख्य आर्थिक सहयाेग दाता सविन श्रेष्ठ लगाय सम्पूर्ण आर्थिक सहयाेेग दाताहरू, टाेल- टाेल तथा घर- घरमा पुगेर न्यानाे कपडा वितरण गर्न सहयाेग गर्नुहुने गाेठगाउँका जनप्रतिनिधि तथा संस्थाका पदाधिकारी , सञ्चालक समिति सदस्य , आजीवन सदस्यहरू ,हाम्रो कार्यक्रम लाई प्रचारप्रसार गरि सहयाेग गर्नु हुने विचार वाटिका डट कम, अर्थ सवाल साप्ताहिक , सुनाैलाे रामेछाप अनलाइन खबर लगायत प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयाेग पुर्याउनुहरू सम्पूर्ण शुभचिन्तकहरूलाई धन्यवाद व्यक्त गर्दै अध्यक्ष थापाले आउदा दिनहरूमा समेत गाेठगाउँ सराेकार समाजले यस्तै -यस्तै सामाजिक कार्यलाई निरन्तरता दिईरहने प्रतिबद्धता समेत व्यक्त गर्नु भयाे।

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु