शनिबार २० भाद्र, २०८३ (Saturday September 05, 2026)

सम्पर्क मञ्च द्वारा जनताकाे बहुदलीय जनवाद र कार्यकर्तामा हुनुपर्ने आधारभुत ज्ञानकाे बारेमा प्रशिक्षण ।

शनिबार १५ मंसिर, २०८१ डिबि श्रेष्ठ 2356


सम्पर्क मञ्च द्वारा जनताकाे बहुदलीय जनवाद र कार्यकर्तामा हुनुपर्ने आधारभुत ज्ञानकाे बारेमा प्रशिक्षण ।

मंसिर १५ काठमाडौं , नेकपा ( एमाले ) रामेछाप - काठमाडौं सम्पर्क मञ्चले जिल्ला सम्पर्क मञ्चका पदाधिकारी तथा सदस्यहरू र क्षेत्रीय तथा पालिका सम्पर्क मञ्चका पदाधिकारीहरू लाई जनताको बहुदलीय जनवाद र कम्युनिष्ट पार्टीका कार्यकर्ता  तथा कमिटीमा हुनुपर्ने आधारभुत ज्ञानकाे बारेमा प्रशिक्षण दिएकाे छ ।


  सम्पर्क मञ्चको अध्यक्ष प्रमाेद भण्डारी ( रविन्द्र) काे अध्यक्षता , सचिव निराजन तिमल्सेनाकाे सञ्चालन  तथा नेकपा ( एमाले) केन्द्रीय कमिटी सदस्य तथा संगठन विभाग सचिव माधब ढुङ्गेलकाे प्रमुख आतिथ्यतामा आयाेजना गरिएकाे प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथि तथा प्रमुख वक्ता ढुङ्गेलले जनताको बहुदलिय जनवाद र नेकपा ( एमाले) काे बारेमा सबैले सरल तरिकाले बुझ्नेगरी प्रशिक्षण दिनुभएको थियाे भने विशेष अतिथि तथा विशेष वक्ता नेकपा ( एमाले) सम्पर्क समन्वय कमिटी सह संयाेजक थानेश्वर बस्यालले कम्युनिष्ट पार्टीका कार्यकर्ता तथा कमिटीमा हुनुपर्ने आधारभुत ज्ञानकाे बारेमा प्रशिक्षण दिनुभएको नेकपा ( एमाले) रामेछाप - काठमाडौं सम्पर्क मञ्च प्रचारप्रसार विभागले विचार वाटिकालाई जानकारी गरायकाे छ।

 प्रचारप्रसार विभागले जानकारी दिए अनुसार  सम्राट दरबार जडिबुटीमा आयाेजना गरिएकाे प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथि ,विशेष अतिथि सगै ,अतिथिहरू सम्पर्क समन्वय कमिटीको सदस्य तथा रामेछाप - काठमाडौं सम्पर्क मञ्चको इन्चार्ज माेहन केसी , सम्पर्क मञ्चको पूर्व अध्यक्ष तथा सम्पर्क मञ्चको सल्लाहकार परिषद सदस्य बद्री भण्डारी ,ज्ञान बहादुर भुजेल , नेकपा ( एमाले ) बागमती प्रदेश सम्पर्क कमिटी सदस्य सिताराम खड्का ,लक्ष्मी न्याैपाने उपस्थित भएकाे थियाे ।

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु