बुधबार ५ कार्तिक, २०८२
कार्तिक ५ काठमाडौं , यम पञ्चककाे अन्तिम दिन याे वर्षकाे भाइ टिकाकाे उत्तम साईत भाेली बिहान ११.३९ बजे रहेकाे नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएकाे छ ।
तिथिकाे घटबढकाे कारण यस वर्ष यमपञ्चक कात्तिक १ गते शनिबारदेखिनै सुरु भएपनि त्यस दिन यमदीप दान, धनत्रयोदशी र धनतेरस पर्वमात्रै मनाइएकाे थियाे भने कात्तिक २ गते आइतबार काग तिहार र धन्वन्तरी जयन्ती, कात्तिक ३ गते सोमबार कुकुर तिहार र साझ लक्ष्मीपूजा पर्व मनाईएकाे थियाे आज ५ गते बुधबार गाई, गोरु पुजा र साझ आत्म (म्ह) पूजा गरिनेछ।
कात्तिक ६ गते बिहीबार भाइटीका तथा किजापूजा ( भाइ टीका) लगाई याे वर्षकाे तिहार समापन हुनेछ ।