मंगलवार २८ आश्विन, २०८२
असाेज २८ काठमाडौं, हिजो भएको टी-२० विश्वकप एशिया छनाेट सुपर ६ खेलमा ५ रनले कतारलाई हराउदै नेपालले जित हासिल गर्न सफल भएकाे छ ।
टस हारेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाएर एक सय ४७ रन बनाएको थियो ।नेपालले दिएको एक सय ४८ रनको लक्ष्य पछ्याएको कतार १९ ओभर ५ बलमा एक सय ४२ मा अल आउट भयो ।
सुपर ६ मा नेपालको यो लगातार दोस्रो जित हो । पहिलो खेलमा नेपालले यूएईलाई १ रनले हराएको थियो सुपर ६ मा नेपाल र ओमानको समान ६ अंक छ । नेपालले भोलि ओमानसँग खेल्नेछ भोलिको खेल विश्वकप छनोटका लागि निर्णायक बन्नेछ टी-२० विश्वकप एशिया छनोटको सुपर ६ मा कतारलाई हराएसँगै नेपाल टी–ट्वान्टी विश्वकप नजिक पुगेकाे छ