सोमबार २२ भाद्र, २०८३ (Monday September 07, 2026)

सर्वसाधारणकाे लागि वर्षकाे एक दिन मात्रै खाेलिने तलेजु भवानीकाे मन्दिरमा श्रद्धालुहरूकाे भिडभाड ।

बुधबार १५ आश्विन, २०८२ Bichar Batika 1504


सर्वसाधारणकाे लागि वर्षकाे एक दिन मात्रै खाेलिने तलेजु भवानीकाे मन्दिरमा श्रद्धालुहरूकाे भिडभाड ।

असाेज १५ काठमाडौं , सर्वसाधारण काे लागि वर्षकाे एक दिन बडा दशैकाे महानवमीकाे दिन  खाेलिने हनुमानढोका दरबारस्थित तलेजु भवानी मन्दिरमा आज  बिहानैदेखि श्रद्धालुको भीड लागेको छ।
असोज शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने दसैँ काठमाडौं उपत्यकामा पृथक शैलीमा मनाइन्छ । उपत्यका तथा नेवार समुदायको बहुलयता भएको क्षेत्रमा दसैँको नवमीको दिन अर्थात् महानवमीमा तुलजा भवानीको पूजा तथा कालरात्रि पूजालाई विशेष रूपमा मनाइन्छ । 
नेवार समुदायले इष्टदेवीका रूपमा पूज्ने तलेजु भवानीलाई ‘तुलजा’ पनि भनिन्छ फूलपातीको दिन मूलचोकमा ल्याइएको मूर्तिलाई विजयादशमीको बिहान पुनः मूल मन्दिरमा फर्काइने परम्परा छ।
 शक्तिका उपासकहरूले श्रीरामचन्द्रलाई पनि शाक्त बनाउन पातालपुरी निवासी महिरावणलाई वध गरेर त्यहाँबाट तुलजा भवानीलाई साथमा ल्याई आफ्नो राजधानी अयोध्यामा अभिष्ट देवीको स्थापना गरेको कुराको किवंदन्ती नेपालमा चलेको छ ।
महानवमीको दिन भवनीको ३ रूपमा महालक्ष्मी, महासरस्वती र महाकालीको पनि पूजाआराधना गरिन्छ ।

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु