बिहीबार २२ श्रावण, २०८२
साउन २२ काठमाडौं , भारतकाे उत्तराखण्ड राज्यको धाराली नामक पहाडी नगरमा गत मंगलबार आएकाे ठूलो पहिरो र बाढीका कारण पाँच जनाको ज्यान जानुकाे साथै ५० जनाभन्दा बढी अझै सम्पर्कविहीन रहेको उद्धार अधिकारीहरूले जनाएका छ ।
विनाशकारी बाढीपछि हराइरहेका व्यक्तिहरूको खोजीका लागि भारतीय सेनाले बुधबार तालिमप्राप्त कुकुर, मानवरहित यन्त्र, ठूला मेसिन र उद्धार टोली परिचालन गरेकाे समाचार स्रोतले जनाएको छ।
विश्वव्यापी जलवायु परिवर्तनको कारण गम्भीर असर देखिएकाले यस्ता घटनाहरू घटिरहेको छ, यो घटनालाई सावधानीको संकेत भन्दै जलवायु परिवर्तन सम्बन्धि विज्ञहरूले चेतावनी दिएका छन् ।
हरेक वर्ष असारदेखि असोज महिनासम्म पर्ने झरीका समयमा पहिरो र बाढीका घटनाहरू सामान्यजस्तै भएका भएपनि वातावरणीय परिवर्तन र तीव्र शहरीकरणका कारण यस्ता विपत्तिहरूको संख्या र प्रभाव दिनप्रतिदिन बढ्दै गएको विज्ञहरूको भनाइ छ ।
अत्यधिक वर्षको कारणले सञ्चार सेवा अवरुद्ध हुदा उद्धारकार्यमा कठिनाई भएकाे र सञ्चार सेवा अवरुद्ध भएकाे कारण सम्पर्क विहिनहरू सम्पर्कमा आउन समस्या आइरहेको जनाएकाे छ ।
भारतीय सञ्चार माध्यममा प्रसारित दृश्यहरूमा बाढीका कारण बहुउद्देश्यीय घरहरू क्षतिग्रस्त हुँदै बगिरहेको, स्थानीय मानिसहरू भाग्दै गरेको तथा सम्पूर्ण बस्ती नै बगाइरहेको देखिन्छ उद्धारकर्मिहरू दुर्गम स्थानहरूमा पुग्न थालेपछि हराइरहेका व्यक्तिको संख्यामा घटिरहेकाे बताइएको छ , मंगलबार रातिसम्म करिब १०० जना हराइरहेका थिए हराइरहेका व्यक्तिहरूको खोजी कार्य जारीकाे राष्ट्रिय विपद् प्रतिक्रिया बलका मोहेन शाहेदीले जानकारी गराएको समाचार स्राेतले जनाएकाे छ ।