शुक्रबार ४ बैशाख, २०८३ (Friday April 17, 2026)

सिस्नेरीकाे बाढी पहिराे पिडित ७५ घर परिवारलाई बागमती प्रदेश सम्पर्क कमिटी द्वारा तीन लाख बराबरको राहत वितरण ।

बुधबार २३ आश्विन, २०८१ डिबि श्रेष्ठ 2091


सिस्नेरीकाे बाढी पहिराे पिडित ७५ घर परिवारलाई बागमती प्रदेश सम्पर्क कमिटी द्वारा तीन लाख बराबरको राहत वितरण ।

असाेज २३ मकवानपुर , असाेज १० गते देखि १२ गते सम्म निरन्तर परेकाे  बर्षाकाे कारण कुलेखानी ड्रयमकाे पानीसहितकाे बाढिपहिराे बाट क्षति पुर्याएकाे पिडित ७५ घर परिवारलाई नेकपा ( एमाले) बागमती प्रदेश सम्पर्क कमिटीको नेतृत्वमा तीन लाख बराबरको राहत सामाग्री वितरण गरिएको छ ।

 


    मकवानपुर जिल्ला सिस्नेरी गाउँपालिका वडा नं. ३ का बाढी पहिराे पिडित परिवारलाई नेकपा ( एमाले ) बागमती प्रदेश सम्पर्क कमिटीको समन्वयमा राेटरी क्लब ललितपुर शाखा र मकवानपुरका समाजसेवीहरू बाट संकलित सहयाेग रकम बाट तीन लाख बराबरको खाद्यान्न ,लत्ताकपडा लगायत अति आवश्यक सामाग्री खरिद गरि बागमती प्रदेश सम्पर्क कमिटीकाे अध्यक्ष अशाेक कुमार ठकुरी लगायत पदाधिकारीहरू, सम्पर्क समन्वय कमिटीको संयाेजक श्याम कुमार बस्नेत , नेकपा ( एमाले) का सल्लाहकार परिषद सदस्य तथा सविधानसभा सदस्य सुवासचन्द्र ठकुरी , राेटरी क्लब ललितपुरका प्रतिनिधिहरू , सिस्नेरी गाउँ पार्टी कमिटीको प्रतिनिधिहरू, सुरक्षाकर्मी  लगायत स्थानीयहरूकाे उपस्थितिमा राहत सामाग्री पिडित परिवारलाई वितरण गरिएकाे बागमती प्रदेश सम्पर्क कमिटीको सचिव तथा संगठन विभाग प्रमुख धन बहादुर पुलामीले विचार वाटिकालाई जानकारी गराउनु भयाे ।

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु