मंगलवार २३ भाद्र, २०८३ (Tuesday September 08, 2026)

रेग्मी , हमाल र सापकोटाको स्वरमा हरियाे हरियाे चुरि हरियाे तिज गित सार्वजनिक ।

सोमबार १९ श्रावण, २०८२ Bichar Batika 1293


रेग्मी , हमाल र सापकोटाको स्वरमा हरियाे हरियाे चुरि हरियाे तिज गित सार्वजनिक ।

साउन १९ काठमाडौं, तेजश रेग्मी, राधिका हमाल, र राज सापकोटाको स्वर रहेको तिजको रमाइलो नयाँ  गित हरियाे हरियाे चुरि हरियाे सार्वजनिक भएकाे छ ।

गायक तथा मोडल राज सापकोटाको दमदार अभिनय र स्वरले सजिएको यो गीत हालै सार्वजनिक भएसँगै टिकटकमा चर्चा बटुल्न थालेको छ, तेजश रेग्मीकै शब्द र संगीतले गीतलाई  सांगीतिक रूपमा सशक्त बनाएको छ। संगीत संयोजन, मिक्सिङ र मास्टरिङको जिम्मेवारी आकाश नेपालीले सम्हालेका छन्।गीतको भिडियो पक्ष पनि उत्तिकै आकर्षक छ। कोरियोग्राफर तथा निर्देशक शिव बिकले तिजको झल्को दिने दृश्य संयोजन गरेका छन्।

सह-कोरियोग्राफर माधव श्रेष्ठले पनि भिडियोको प्रस्तुतिमा सशक्त योगदान दिएका छन्।भिडियोमा तेजश रेग्मी,सारिका केसी, राज सापकोटा, सरिता दनकुटी र गणेश रेग्मीको अभिनय हेर्न सकिन्छ। विशेषतः राज सापकोटाको अभिनय र नृत्यले दर्शकको ध्यान खिच्न सफल भएको छ। भिडियोको छायांकन दीपक गिरीले गरेका हुन् भने सम्पादन मिन रावलले गरेका छन्।"हरियो हरियो चुरि हरियो" तिजको मौलिक संस्कृतिमा आधारित गीत हो, जसले नेपाली महिलाहरूको चाडपर्वमा लगाउने पहिरन, चुरा, र भावनात्मक पक्षलाई उजागर गर्छ। गीतमा परम्परागत र आधुनिक शैलीको उत्कृष्ट संयोजन देख्न पाइन्छ। राज सापकोटा फिचर्ड यो गीत "तेजश रेग्मी" युट्युब  च्यानलमा उपलब्ध छ। 

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु