शनिबार २३ जेष्ठ, २०८३ (Saturday June 06, 2026)

बागमती प्रदेशस्तरीय आमन्त्रण मेयर कप कराँते प्रतियोगिताको उपाधि सूर्यविनायक नगरपालिकालाई।

आईतवार ११ जेष्ठ, २०८२ Bichar Batika 1334


बागमती प्रदेशस्तरीय आमन्त्रण मेयर कप कराँते प्रतियोगिताको उपाधि सूर्यविनायक नगरपालिकालाई।

         सन्जिब दुलाल 

जेष्ठ ११भक्तपुर ,बागमती प्रदेशका १३ जिल्लाकाे १५ स्थानीय तहका खेलाडीहरूको सहभागिता रहेको प्रदेशस्तरीय आमन्त्रण मेयर कप कराँते प्रतियोगिता–२०८१ मा सूर्यविनायक नगरपालिकाले पाँच स्वर्ण र एक रजत पदक जित्दै समग्र उपाधि हात पार्न सफल भएको छ।

 प्रतियोगितामा गोकर्णेश्वर नगरपालिकाले तीन स्वर्णएक रजत र तीन कांस्य सहित सात पदक जित्दै दोस्रो स्थान हासिल गर्‍यो भने काठमाडौँ महानगरपालिकाले दुई स्वर्णएक रजत र पाँच कांस्य सहित तेस्रो स्थानमा चित्त बुझायो।

 पुरुष तर्फ गोदावरी नगरपालिकाका राज व्लोन र महिला तर्फ साँगाचोकगढी नगरपालिकाकी आशिका तामाङ उत्कृष्ट खेलाडी भएको सितोरियो करातेका प्रशिक्षक सचितानन्द बनेपालीले जानकारी दिनुभयो । 

प्रतियोगिता सूर्यविनायक नगर सितोरियो कराँते सङ्घ को आयोजनामा र सूर्यविनायक नगरपालिकाको विशेष प्रायोजनमा भक्तपुरमा जेठ ९ र १० गते सम्पन्न भएको हो। कार्यक्रमको उद्घाटन बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री किरण थापा मगरले गर्नुभयो भने प्रारम्भ बागमती प्रदेशसभा सदस्य सुरेश श्रेष्ठले खेल सामग्री हस्तान्तरण गरेर गर्नुभएको थियो। समापन समारोह तथा पुरस्कार वितरण सूर्यविनायक नगर प्रमुख वासुदेव थापाको प्रमुख आथित्यतामासूर्यविनायक नगरापालिका वडा नं. २ का अध्यक्ष प्रदीप कार्की र वडा नं. ९ का अध्यक्ष भगवान् खत्रीको आतिथ्यतामा सम्पन्न भएको थियो । 

विजेता खेलाडीहरूलाई मेडल तथा प्रमाणपत्र र विजेता टिमलाई ट्रफिले सम्मान गरिएको थियो । मेडल र ट्रफि वितरण गदै सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले खेलको विकास गर्न सके मात्र समुन्नत नगर विकास गर्न सकिने बताउनुभएको थियो । उहाँले अव को विश्व विजय भनेको केवल हाम्रा खेलाडीले गर्न सक्ने बताउँदै यसका लागि सबैले खेल क्षेत्रको विकासमा जोड दिनु पर्ने उहाँको जोड थियो । 

कार्यक्रम संयोजक तथा भक्तपुर जिल्ला सितोरियो कराँते सङ्घका वरिष्ठ उपाध्यक्ष रामशरण त्वातीका अनुसार प्रतियोगितामा १२० पुरुष र ९० महिला खेलाडी गरी २१० खेलाडी सहभागी थिए। सहभागी नगरपालिकाहरूमा मध्यपुरथिमीचाँगुनारायणबनेपापाँचखालकाठमाडौँबुढानीलकण्ठगोदावरीगोकर्णेश्वरबागमती गाउँपालिकाटोखासाँगाचोकगढीपनौतीधुलिखेल लगायतका पालिकाहरूको सहभागिता रहकोको थियो  

 प्रतियोगिता विभिन्न तौल समूहमा सम्पन्न भएको थियो — पुरुष तर्फ ३५ केजीदेखि ६७ं केजीसम्म र महिला तर्फ ३५ केजीदेखि ६१ केजीसम्म। साथै महिला–पुरुष व्यक्तिगत काता तथा टिम काता खेलमा पनि प्रतियोगिता आयोजना गरिएको थियो। सम्पूर्ण खेलहरू World Karate Federation (WKF), Asian Karate Federation (AKF) र Nepal Karate Federation (NKF) को मापदण्ड अनुसार सञ्चालन गरिएको थियो।

 कार्यक्रममा कराँते खेलको विकासमा विशेष योगदान पुर्याउने खेल प्रशिक्षकव्यवस्थापकतथा सङ्घ प्रतिनिधिहरूलाई सम्मान गरिएको थियो। प्रतियोगिताका चिफ रेफ्री प्रकाशमोहन धौवडेल रहनुभएको थियो । सूर्यविनायक नगरपालिकाको अग्रसरताखेल संघको सशक्त व्यवस्थापन र खेलाडीहरूको उत्कृष्ट प्रदर्शनले कराते खेलको विकासमा एक महत्वपूर्ण कदमको रुपमा प्रतियोगिता स्थापित भएको सहभागीहरूको भनाइ छ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु