शुक्रबार ११ बैशाख, २०८३ (Friday April 24, 2026)

वडा स्तरीय भलिबल खेलको उपाधि हेल्पफुल ग्रुपलाई

मंगलवार ७ कार्तिक, २०८० विचारवाटिका 2130


वडा स्तरीय भलिबल खेलको उपाधि हेल्पफुल ग्रुपलाई

कार्तिक ७ रामेछाप, बडा दशै ,शुभ तिहार ,नेपाल सम्वत ११४४ तथा छठ लगायतको पर्वहरूको उपलक्ष्यमा गोठगाउँ सरोकार समाज द्वारा आयोजित वडा स्तरीय भलिबल खेल प्रतियोगिताको उपाधि  हेल्पफुल ग्रुप (साविकको वडा नं ८) ले जित्न सफल भएको छ।


सेमिफाइनलमा साविकको वडा नं ५ लाई हराउदै फाईनलमा पुगेको हेल्पफुल ग्रुप र गोठपानी मोहोरे टोल लाई हराउउदै फाईलनमा पुगेको गोठपानी सहकारी बिच भएको फाईनल खेलमा कडा प्रतिस्पर्धा गर्दै हेल्पफुल ग्रुपले प्रथम स्थान हासिल गर्दै सिल्ड ,मेडल , प्रमाणपत्र सहित नगद रू २००००/- ( बीस हजार) जित्न सफल हुदा गोठपानी सहकारी दोस्रो स्थानमा खुम्चदै सिल्ड ,मेडल, प्रमाणपत्र र नगद रू १५०००/- (पन्द्र हजार)  हात पार्न सफल भयको थियो, गोठपानी सहकारी सग पराजित भएपछि साविकको वडा नं ५ लाई हराउदै गोठपानी  मोहोरे टोल तेस्रो स्थान हासिल गर्दै सिल्ड ,मेडल ,प्रमाणपत्र र नगद रू १००००!/-( दस हजार ) हात पार्न सफल भएको थियो भने साविकको वडा नं ५ ले सान्त्वना पुरस्कार  प्रमाणपत्र र नगद रू ५०००/-( पाँच हजार ) मानै चित्त बुझाउनु परेको थियो ।


सरोकार समाज द्वारा आयोजित भलिबल खेल प्रतियोगिताको प्रथम पुरस्कारको प्रयोजन समाजसेवी रत्न प्रसाद गौतम र दोस्रो पुरस्कारको प्रयोजन रामेछाप न.पा.१ गोठगाउँ–गोठपानी निवासी मान बहादुर श्रेष्ठ (सविन) ले गर्नु भएको थियो भने कार्यक्रम लाई भानुभक्त श्रेष्ठ ,बिमल कुमार कठायत, सिर कुमारी श्रेष्ठ ( सिर्जना ) रोेशन पाख्रीन, दिपक नेपाली ,गोपाल श्रेष्ठ ,बल ब. श्रेष्ठ ,सन्जित कार्की ,सीता कुमारी खत्री,खिल बहादुर श्रेष्ठ ,बल बहादुर श्रेष्ठ ,युद्ध बहादुर श्रेष्ठ ,हेल्पफुल ग्रुप,ज्ञान प्रसाद श्रेष्ठ ,मिना तामाङ ,उर्मिला तामाङ ,सन बहादुर श्रेष्ठ ,सुनिल श्रेष्ठ ,इन्द्र बहादुर श्रेष्ठ ,टेक बहादुर श्रेष्ठ (लड्डु ) राजन कार्की ,रवि कार्की ,मकर सार्की ,कृष्ण खड्का ,बेद बहादुर श्रेष्ठ ,गोकुल सिदाली लगायतका व्यक्तिहरूले आर्थिक सहयोग गर्नु भएको थियो।


रामेछाप न.पा. १ गोठगाउँका कार्यभार वडा अध्यक्ष सन्जित कार्की द्वारा कात्तिक ५ गते उद्घाटन भएको वडा स्तरीय भलिबल प्रतियोगिता कार्तिक ६ गते विजय हुने सम्पूर्ण टिमलाई पुरस्कार ,ट्रफी र साँस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने कलाकार लगायत विभिन्न माध्यमबाट कार्यक्रम लाई सहयोग गर्नुहुने व्यक्तिहरूलाई  धन्यवाद व्यक्त गर्दै मायाको  चिनो समेत हस्तान्तरण गरेर  अध्यक्ष संजय कुमार थापाले कार्यक्रम  समापन गर्नु भएको थियो।

 




मतहरू

FISHING GAME

Your article is a perfect article without a hitch. Thank you. My site: fish frenzy 2 game online


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु