शनिबार २३ जेष्ठ, २०८३ (Saturday June 06, 2026)

उप निर्वाचन २०८१ काे माैन अबधि शुरू ,के- के गर्न नपाहिने ।

शुक्रबार १४ मंसिर, २०८१ Bichar Batika 1561


उप निर्वाचन २०८१ काे माैन अबधि शुरू ,के- के गर्न नपाहिने ।

मंसिर १४ काठमाडौं , २०८१ मंसिर १६ गते हुन गहि रहेकाे स्थानीय तहकाे उपनिर्वाचनलाई स्वतन्त्र ,निष्पक्ष , विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गर्न मतदान हुने दिन भन्दा ४८ घण्टा अघिदेखि मतगणना सम्पन्न नभएसम्म लागुहुने निर्वाचन प्रचारप्रसार निषेध अवधि गए राति ( मंसिर १३ गते )१२ बजेदेखि शुरू भएकाे छ ।


निर्वाचन कसुर तथा सजाय ऐन २०७३काे दफा २४ काे उपदफा ५ र निर्वाचन आचारसंहिता २०७९काे दफा १७ बमोजिम माैन अवधिमा कुनै पनि राजनीतिक दल,उम्मेदवार तथा दलकाे भातृ सङ्गठन वा सम्बन्धित व्यक्तिले निर्वाचन आचारसंहिता प्रतिकुल कुनैपनि गतिविधि नगर्न र नगाउन निर्वाचन आयाेगले आग्रह गरेकाे छ ।
माैन अवधिमा कुनै पनि उम्मेदवार वा राजनितीक दलहरूले पक्ष वा विपक्षमा मतदान गर्ने वा नगर्ने उद्देश्यले सभा सम्मेलन ,गाेष्टी वा ठुलाे समुहको सामुहिक भेटघाटको आयाेजना गर्ने ,नारा जुलुस निकाल्ने वा नाराबाजी गर्ने तथा अन्य कुनै पनि प्रकारले प्रचारप्रसार गर्न पाहिने छैन, यस्ता कुनै पनि विधि प्रक्रिया वा माध्यमबाट मत माग्न र निर्वाचन प्रचारप्रसार नगर्न तथा नगाराउन समेत निर्वाचन आयाेगले आग्रह गरेकाे छ ।
  निर्वाचन प्रचारप्रसार निषेध गरिएकाे अवधिमा उपराेक्त बमोजिम कार्य भए  गरेकाे पाइएमा केन्द्रीय आचारसंहिता अनुगमन समिति ,आचारसंहिता अनुगमन टाेली ,जिल्ला आचारसंहिता अनुगमन समिति , स्थानीय प्रशासन ,सुरक्षाकर्मी , अनुगमन अधिकृबाट समेत सुक्ष्म अनुगमन गरि कार्वाही गरिने निर्वाचन आयाेगले विज्ञप्ति मार्फत जानकारी गराएकाे छ ।

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु