शुक्रबार ११ बैशाख, २०८३ (Friday April 24, 2026)

तेस्राे रामेछाप कपको उपाधि दीपशिखा व्वाईजलाई ।

शुक्रबार ९ कार्तिक, २०८१ Bichar Batika 1307


तेस्राे रामेछाप कपको उपाधि दीपशिखा व्वाईजलाई ।

कार्तिक ९ रामेछाप , तेस्राे रामेछाप कप २०८१ खुल्ला पूरूष फुटबल प्रतियोगिताकाे उपाधि आयाेजक टिम दीपशिखा व्वाईज युनाइटेड क्लबले जितेकाे छ ।
  मन्थली नगरपालिका वडा नं. २ करम्वाेटकाे खेल मैदानमा भएकाे फाइनल खेलमा नेपाल पुलिसलाई दुुई गाेलले हराउदै दीपशिखा व्वाईज युनाइटेड क्लबले उपाधि हात पार्न सफल भएकाे थियाे ।


 प्रतियोगितामा आयाेजक टिम सहित नाै टिमको सहभागीता रहेकाेमा उपाधि जित सगै दीपशिखा व्वाईजले नगद तीन लाख ,सिल्ड ,मेडल र प्रमाणपत्र , उपविजेता नेपाल पुलिसले नगद दुई लाख ,सिल्ड ,मेडल र प्रमाणपत्र प्राप्त गरेकाे थियाे ।
प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेकाे सानीमदाै साेशियल सिटी र मन्थली साँस्कृतिक समाजले नगद ५०/५० हजार र उत्कृष्ट ५ विधामा खेलाडीहरू लाई नगद रू ५/५ हजार सहिद   ट्रफीद्वारा पुरस्कृत गरिएको थियाे ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु