मंगलवार १२ जेष्ठ, २०८३ (Tuesday May 26, 2026)

अध्यक्ष ओलीलाई उनको जन्मथलोमा भव्य स्वागत

शनिबार ३० मंसिर, २०८० विचारवाटिका 1614


अध्यक्ष ओलीलाई उनको जन्मथलोमा  भव्य स्वागत

नेकपा (एमाले)का अध्यक्ष केपि शर्मा ओलीलाई उनको जन्मथलो तेह्रथुमको आठराईमा हिजो भव्य स्वागत गरिएको छ । मध्य पहाडी पुष्पलाल लोक मार्ग झुलाघाट – चिवाभनज्याङ समृद्धिका लागि संकल्प यात्रा महाअभियानको क्रममा ओली १६औँ दिनमा आठराई आइपुगेका हुन् ।

आठराई गाउँपालिकाका अध्यक्ष दिल कुमार पाहिम, उपाध्यक्ष वालिराज इङ्नाम लगाएत वडाध्यक्षहरुले ढाका टोपी सहित फुल मालाले स्वागत गरेका हुन् । अध्यक्ष ओलीले आठराई शैक्षिक क्षेत्रको उर्वरभुमि रहेको र न्यायका पक्षमा,लोकतन्त्रका पक्षमा साथै यो ठाउँ सधै जनताको पक्षमा रहेको बताएका छन् । जनता अलमलमा पर्न नपाउन,मजबुत राष्ट्रिय शक्ति बिना देशको भविष्य सुन्दर र सुरक्षित हुन नसक्ने र देशको भविष्य सुन्दर र सुरक्षित बनाउनका लागि नेकपा एमाले अग्रसर भएको उनको भनाइ छ ।

 भोलि मध्य पहाडी राजमार्गको शुरुवाती बिन्दु पाँचथरको चिवाभनज्याङ पुगी संकल्प यात्रा पुरा गर्ने कार्यक्रम रहेको नेकपा एमाले तेह्रथुम जिल्ला अध्यक्ष तेजमान कन्दङवाले जानकारी दिएका छन् ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु