मंगलवार १२ मंसिर, २०८०
मंसिर १२ काठमाडौं , चन्द्रमान मुनिकार द्वारा परिकल्पना ,लेखन तथा निर्देशन रहेको साँस्कृतिक नाटक बोधि– सत्व मंसिर २० गते देखि पौष ४ गते सम्म कौशी थिएटर टेकुमा मञ्चन हुन गहिरहेको छ।
मान्छेले आफ्नो जीवनमा क्षणिक खुसिको लागि विभिन्न उद्देश्य राखेर अघि बढ्ने क्रममा आफुलाई झन्–झन् दुःखतिर धकेलिरहेको हुन्छ,मान्छेले आफ्नो स्वार्थ र क्षणिक खुसीको लागि नराम्रो कर्म गरिरहेका छन् बास्तबमा मान्छेले आफ्नो जीवनमा अरूको हितको लागि बाच्नु पर्छ मनमा बोधि चित्त उत्पन्न गर्नु पर्छ अर्थात राम्रो चित्त बनाई सबैको उपकार गर्नु कल्याण हो कसैको कुभलो नचिताहि राम्रो चित्त राख्नाले बोधिज्ञान प्राप्त भई बोधि – सत्वको मार्गमा पुग्न सकिन्छ भन्ने सन्देश साँस्कृतिक नाटक बोधि – सत्वमा देखाउन खोजिएको नाटकका मुख्य कलाकार सुदन मुनिकारले विचार वाटिकालाई जानकारी गराउनु भयो ।
बज्र कला कुन्जको प्रस्तुति तथा ममा आर्ट्सको सहकार्य रहेको नाटकलाई नाटकीय रूपान्तरण इँगिहोपो कोईच सुनुवारले गरेको छ ,यस नाटकमा मुख्य कलाकार सुदन मुनिकार रहेको छन् भने अन्ने कलाकार हरूमा संगिता थापा,युवाहाङ राई,अनिशा श्रेष्ठ ,सन्तोस गिरी ,अजय लामा ,सृजना शर्मा ,अन्जु श्रेष्ठ ,नविन काफ्ले ,नानुमैया महर्जन र सचिन लामा रहेको छ, निरज शाक्य र यचु शाक्यको संगित संयोजन रहेको यस नाटकलाई काठमाडौं महानगरपालिकाको समेत सहयोग रहेको कलाकार मुनिकारले जानकारी गराउनु भयो ।
बज्र कला कुञ्जले यस अघि नामसंगित ,कुमारी र पचली भैरव जस्ता साँस्कृतिक नाटकहरू मञ्चन गरिसकेको छ ,कला कुञ्जले तिनदशक देखि निरन्तर रूपमा नेपालको मौलिक कला संस्कृति मुर्त तथा अमुर्त साँस्कृतिक सम्पदाको संरक्षण ,सम्वर्धन तथा उत्थानमा निरन्तर लागि पर्दै आहिरहेको समेत कलाकार मुनिकारले जानकारी गराउनु भयो, मंसिर २०गते बुधबारदेखि पौष ४ गते बुधबार सम्म हरेक दिन साँझ ५ बजे कौशी थिएटर टेकुमा मञ्चन हुन गहिरहेको साँस्कृतिक नाटक बोधि – सत्व हेर्न सबैलाई निमन्त्रणा गर्दै आवश्यक परेमा ९८४१२२५११६ र ९८४३०१२९२७ मा सम्पर्क समेत गर्न कलाकार मुनिकारले जानकारी गराउनु भएको छ।

तस्बिर ः– सुदन मुनिकार
Holidays Lucky Wheel
Excellent to the point article and news.. Well appreciated, My sites: Take the Wheel in OKBet.com Lucky Wheel Extravagant!