शनिबार २३ जेष्ठ, २०८३ (Saturday June 06, 2026)

गाेठगाउँ - गाेठपानीकाे रसिलाे जुनार अब काठमाडौंमा

शुक्रबार २४ कार्तिक, २०८० विचारवाटिका 2455


गाेठगाउँ - गाेठपानीकाे रसिलाे जुनार अब काठमाडौंमा

कात्तिक २४ काठमाडौं ,रामेछाप नगरपालिका वडा नं १ गाेठगाउँ-गाेठपानीकाे रसिलाे जुनार भाेेलि बिहान देखि काठमाडौंकाे विभिन्न ठाउँबाट पनि खरिद गर्न सकिन्छ ।


रामेछाप न.पा. १ गाेठगाउँका जनप्रतिनिधि तथा कृषक शिर कुमारी श्रेष्ठ ( सिर्जना ) ले अन्रदाजी चार राेपनी क्षेत्रफलमा एक सय बाेट जुनार बाट याे बर्षमात्रै २५ सय केजी भन्दा बडि जुनार उत्पादन गर्नु भएकाे छ, आज मात्रै १४ सय केजी जुनार बिक्रीको लागि काठमाडौं पठाएकाे , दशै देखि गाउँ घरमानै ५ केजी १० केजी पाहुना पासलाई काेसेली गरि ३ सय केजि जति सकिसकेकाे बाकि ७/८ सय केजी जुनार तिहार सम्म गाउँ घरमानै बिक्री हुने कृषक सिर्जना श्रेष्ठले विचार वाटिकालाई जानकारी गराउनु भयाे ।


गाेठगाउँ - गाेठपानीकाे जुनार काठमाडौंमा बाैद्व आरूबारी चाेकमा माेेहन श्रेष्ठ ,कपन आकाशेधारामा नीर बहादुर श्रेष्ठ ,कपन निलाेपुलमा कुमार श्रेष्ठ ,बसुन्धारा चाैकि चाेक नजिकै सुशिला श्रेष्ठ र बल्खु कुलेश्वरमा मीन बहादुर श्रेष्ठ ( बिष्णु) लाई सम्पर्क गरेमा सहजै उपलब्ध गर्न सकिने कृषक श्रेष्ठले जानकारी गराउन भयाे ।


आफ्नै गाउँघरमा फलाएकाे जुनार बिगत ३/४ बर्ष देखि काठमाडौंको बजारमा बिक्री गर्न पाहुदा खुसि लाग्नुकाे साथै काम गर्न समेत उर्जा मिलेकाे कुरा बताउनु हुँदै आफुले उत्पादन गरेकाे जुनार काठमाडौं सम्म पुर्‍याएर बिक्रीवितरण गर्न सहजीकरण गर्नुहुने घरदैलाे मार्ट, गाेठगाउँ सराेकार समाज लगायत प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयाेग गर्नुहुने सम्पूर्ण आफन्तजनहरूलाई समेत कृषक श्रेष्ठले धन्यवाद व्यक्त गर्नु भयाे ।

 




मतहरू

is clomid covered by insurance in canada

High dimensional propensity score matching was used to compare individuals receiving FDC versus multipill therapy best over the counter fertility meds Colloids Surf B Biointerfaces


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु