आईतवार १४ भाद्र, २०८३ (Sunday August 30, 2026)

सीता दाहाललाई पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि

बुधबार २७ असार, २०८० विचारवाटिका 2024


सीता दाहाललाई पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि

असार २७ काठमाडौं, प्रधानमन्त्री पुष्पकमल दाहालको पत्नी सीता दाहाललाई पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । उनलाई पति प्रचण्ड र दुई छोरी रेणु र गंगाद्वारा दागबत्ती दिएको हो ।

पत्नी दाहालको आज बिहान अस्पतालमा निधन भएको हो । उनको शवलाई पशुपति आर्यघाटमा अन्त्येष्टिका लागि लैजानुअघि नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा राखिएको थिए। त्यहाँ विभिन्न राजनीतिक दलका नेता र उनका शुभचिन्तकहरूले श्रद्धाञ्जली दिएका थिए।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु