शनिबार १३ फाल्गुन, २०७९
फागुन १३ काठमाडौं , नेकपा एमाले रामेछाप – काठमाडौं सम्पर्क मञ्च द्वारा आयोजित मिसन ग्रासरूट ,पार्टी शुदृढीकरण तथा पार्टी विस्तार अभियान सम्बन्धि प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथि तथा प्रमुम प्रशिक्षक नेकपा एमालेका पोलिटव्युरो सदस्य ईश्वरी रिजालले माक्र्सवाद – लेनिनवाद र जनताको बहुदलीय जनवादको बिषयमा प्रशिक्षण दिने क्रममा माओवादी पार्टी नाम मात्रैको कम्युनिष्ट भएको तर व्याभारमा कम्युनिष्ट नभएको कुरा बताउनु भएको छ।

रिजालले छदाखादाको कम्युनिष्टको सरकार लगेर काँग्रेसलाई बुझाउने ,कम्युनिष्टले पाउनै लागेको राष्ट्रपति पद काँग्रेसलाई सुम्पने पार्टी कसरी कम्युनिष्ट हुनसक्छ भनेर प्रश्न समेत गर्नुभयो ।

प्रशिक्षण कार्यक्रममा बागमती प्रदेश सम्पर्क कमिटीको अध्यक्ष अशोक कुमार ठकुरीले सम्पर्क मञ्चले खेल्नु पर्ने भुमिका सहित मञ्चको काम कर्तव्य लगायत समग्र सम्पर्क मञ्चको बारेमा जानकारी गराउनु भयो।

अर्का प्रशिक्षक नेकपा एमालेका केन्द्रीय सदस्य कपिल पोखरेलले पार्टीले शुरू गरेको दुई महिने अभियान मिसन ग्रासरूट,पार्टी शुदृढीकरण तथा पार्टी विस्तार अभियान सम्बन्धि जानकारी गराउनु भयो ।

रामेछाप –काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष राकेश श्रेष्ठले सम्पर्क मञ्च द्वारा आयोजित प्रशिक्षण कार्यक्रममा उपस्थिति जनाएर कार्यक्रम लाई भव्य र सव्य रूपमा सफल पार्न सहयोग गर्नुभएकोमा उपस्थित सम्पूर्ण सहभागीलाई धन्यवाद ज्ञापन गर्दै सम्पर्क मञ्चको आगामी कार्यक्रमको बारेमा समेत जानकारी गराउनु भयो ,प्रशिक्षण कार्यक्रम लाई सम्पर्क मञ्चका सचिव रविन्द्र भण्डारीले संचालन गर्नु भएको थियो।

