बुधबार १८ माघ, २०७९
माघ १८ काठमाडौं, परराष्ट्रमन्त्री विमला राई पौड्यालले मुलुकको परराष्ट्र नीति–२०७७ लाई नयाँ परिवेशअनुसार सान्दर्भिक बनाउनका लागि परामर्श गर्ने बताएकी छिन् ।
मन्त्रालयमा आयोजित पत्रकारहरूसँगको छलफलमा पौड्यालले परराष्ट्र नीतिलाई बदलिँदो परिवेशसंगत बनाउन र त्यसको प्रभावकारी कार्यान्वयनका लागि विज्ञहरूसँग परामर्श गर्ने तयारी गरिरहेको उल्लेख गरेकी हुन् ।
‘दुई वर्षअघि बनेको परराष्ट्र नीतिको रिफ्लेक्सन गर्नुपर्ने भएको छ । त्यसलाई वर्तमान परिस्थितिअनुकुल बनाउनुपर्छ भन्ने लागेको छ,’ मन्त्री पौड्यालले भनिन्, ‘त्यसलाई अहिले रिफ्लेक्सन गरेर कन्सलटेसनमा जानेछौं ।’