शनिबार १८ भाद्र, २०७९
भदौ १८ काठमाडौं, नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङले नेकपा एकीकृत समाजवादीलाई जनताले अस्विकार गरेको बताएका छन् ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा उपाध्यक्ष नेम्वाङले ए.स.ले सत्ता गठबन्धनको साहारा लिएर पनि स्थानीय चुनावमा ४ प्रतिशत मत पनि कटाउन नसकेको बताएका छन् ।

उनले भने, ‘माधव नेपाललाई एमालेमा फर्कन आग्रह गर्छु, विनम्रतापूर्वक र दृढतापूर्वक भन्छु, एमालेमा फर्केर आउनुस् ।’ अदालतको परमादेशबाट सरकार बनेको भन्दै नेम्वाङले भने, ‘यो अहिलेको सरकारलाई सरकार बनाउने जनादेश थिएन। पहिलोपटक नेपालको इतिहासमा सर्वोच्च अदालतको परमादेशबाट सरकार बन्यो । जनताको जनादेशबाट बनेको प्रधानमन्त्री केपी शर्मा ओली प्रतिपक्षमा बस्नुभयो ।’
