शुक्रबार ११ बैशाख, २०८३ (Friday April 24, 2026)

पर्वतारोहीलाई तत्काल फिर्ता बोलाउन गृह मन्त्रालयको आग्रह 

बिहीबार १३ जेष्ठ, २०७८ विचारवाटिका 2585


पर्वतारोहीलाई तत्काल फिर्ता बोलाउन गृह मन्त्रालयको आग्रह 

जेठ १३, काठमाडौं । अबको ३ दिन बाढी पहिरो र उच्च वर्षाको सम्भावना रहेको भन्दै गृह मन्त्रालयको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढी पहिरोको सम्भावित जोखिम क्षेत्रका बस्तीलाई तत्काल सुरक्षित स्थानमा सार्न सरोकारवाला निकायसँग आग्रह गरेको छ ।

बिहिबारदेखि शनिबारसम्म पश्चिमी बंगालको खाडीमा विकसित जलवायुको प्रभाव र यास् चक्रवातको असरका कारण कणर्ाली र सुदूरपश्चिमबाहेक सबै प्रदेशमा उच्च वर्षा र बाढी पहिरोको जोखिम बढेको भन्दै प्राधिकरणले हिमाल आरोहणमा गएका पर्वतारोहीलाई समेत तत्काल फिर्ता बोलाउन आग्रह गरेको छ । 

प्रदेश १, प्रदेश २, वाग्मती र लुम्बिनी प्रदेशको तराई भेगमा भारी वर्षा र उच्च वेगको हावाहुरी चल्ने सम्भावना भएको प्राधिकरणले बताएको छ । त्यस्रगरी गण्डकी, वाग्मती र प्रदेश १ को हिमाली एवं उच्च पहाडी भूभागका केही स्थानमा मध्यम हिमपात र वर्षा हुने सम्भावना रहेको प्राधिकरणले बताएको छ । कणर्ाली र सुदूरपश्चिममा भने मध्यम वर्षाको आकलन गरिएको छ ।

बुधबार प्राधिकरणले प्रेस नोट जारी गर्दै विपद् व्यवस्थापनमा खट्ने सबैमा बाढी पहिरोको जोखिम रहेको तटीय क्षेत्र एवं सम्भावित जोखिम क्षेत्रको बस्तीलाई सुरक्षित स्थानमा सार्न आग्रह गरेको हो ।

साथै आफ्नो आसपासको ठाउँमा बाढी पहिरो डुबान, कटान आदि जोखिमयुक्त अवस्था देखिएमा विपद् व्यवस्थापन समिति वा सुरक्षा निकाय वा पालिकामा खबर गर्न पनि आग्रह गरिएको छ । 

प्राधिकरणले सम्भावित बाढीको खबर पाउन ११५५ मा फोन गर्न पनि आग्रह गरेको छ ।

 




मतहरू

Arrorus

The predicted probability of a pregnancy being viable intra- uterine for any given progesterone concentration plotted together with the sensitivity and specificity is presented in Figure 2 priligy review Clinical applications of polygenic breast cancer risk a critical review and perspectives of an emerging field

VmqZEfq

If you don t take your meds, you re putting your health and future at risk where to buy cialis cheap


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु