बुधबार ६ श्रावण, २०८३ (Wednesday July 22, 2026)

तनावपूर्ण बन्यो मरिससविरुद्धको दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल 

मंगलवार १८ माघ, २०७८ विचारवाटिका 2171


तनावपूर्ण बन्यो मरिससविरुद्धको दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल 

माघ १८, काठमाडौं । नेपालले मरिससमाथि दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा मरिससलाई पराजित गरेको छ । तनावपूर्ण बनेको यस खेलमा तीन खेलाडीले रातो कार्ड पाएका छन् ।

त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा खेलिएको यस खेलमा मिडफिल्डर सुजल श्रेष्ठको गोलमा १० खेलाडीमा समेटिएको नेपालले ९ खेलाडीमा समेटिएको मरिससलाई १–० ले पराजित गरेको हो ।

त्यस लगत्तै मरिससले बराबरी गर्ने अवसर पाएपनि सफल चाँही हुन सकेन्न । नेपालका दिनेश राजवंशीले लिन्सले ब्रेसलाई पेनाल्टी बक्सभित्र फाउल गरेपछि पाएको पेनाल्टी नेपालका गोलरक्षक तथा कप्तान किरण चेम्जोङले बचाए । 

तनावपूर्ण बनेको खेलमा मरिससका दुई र नेपालका एक खेलाडीले रातो कार्ड पाए । ७१औं मिनेटमा मैदानमा खेलाडीबीच हात हालाहाल भएपछि मरिससका एड्रिएन बट्लर र नेपालका पुजन उपरकोटीले रातो कार्ड पाए ।

यस्तै ८०औं मिनेटमा मरिससका एमानुएल फुलचन्दले पनि रातो कार्ड पाए । 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु