बुधबार ९ बैशाख, २०८३ (Wednesday April 22, 2026)

ज्येष्ठ नागरिक दिवसमा ६० वर्ष माथिकालाई एनटिसीको सिम निःशुल्क दिने

शुक्रबार १५ आश्विन, २०७८ विचारवाटिका 2023


ज्येष्ठ नागरिक दिवसमा ६० वर्ष माथिकालाई एनटिसीको सिम निःशुल्क दिने

असोज १५, काठमाडौं । अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस आज नेपालमा पनि मनाइँदै छ । यही दिवसको अवसर पारेर नेपाल टेलिकमले ६० वर्ष माथि पुगेका ज्येष्ठ नागरिकहरुलाई निःशुल्क सिमकाड दिने भएको छ । निःशुल्क सिमकार्ड यही असोज २५ गतेसम्म मात्र पाइने छ ।

यो सिममा १० रुपैयाँ मात्र ब्यालेन्स हुनेछ । ४० मिनेटसम्म कुरा गर्ने, २० वटा एसएमएस पठाउने र ६० एमबी डाटा प्रयोग गर्न सकिने सुविधा छ । तर यी सबै सुविधा एक महिनाभित्र प्रयोग गरिसक्नुपर्छ ।

सन् २००१ देखि हरेक वर्ष ज्येष्ठ नागरिकको सम्मानमा यो दिवस मनाउने गरिन्छ । यस वर्षको ज्येष्ठ नागरिक दिवसको नारा ‘सबै उमेर समूहका लागि विद्युतीय प्रविधिको प्रयोगमा समानता’ तय गरिएको छ ।

ज्येष्ठ नागरिकहरुको सम्मानमा सरकारले मासिक चार हजार रुपैयाँ भत्ता उपलब्ध गराउँदै आएको छ । तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीको पालामा ज्येष्ठ नागरिकहरुलाई मासिक एक सय रुपैयाँ दिएर यसको सुरुवात गरिएको थियो ।
 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु