बुधबार ६ श्रावण, २०८३ (Wednesday July 22, 2026)

असार १ देखि मेलम्चीको पानी पठाउन बन्द 

बिहीबार २० जेष्ठ, २०७८ विचारवाटिका 2829


असार १ देखि मेलम्चीको पानी पठाउन बन्द 

जेठ २० , काठमाडौं । करिब दुई महिना मेलम्चीको पानी काठमाडौं नआउने भएको छ । सुरुङमार्गको परीक्षण कार्यविधि -प्रोटोकल) पुरा गर्न सुरुङमा असार १ देखि पानी पठाउन बन्द गर्न लागिएको हो ।

असार १ देखि पानी भर्न बन्द गरेपनि १५ दिन सुरुङको पानी खाली गर्न समय लाग्ने आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले बताए । त्यसपछि विज्ञ र प्राविधिकले सुरुङभित्र गएर अवस्थाको अध्ययन गर्नेछन् । समस्या देखिएमा त्यसको समान पनि गर्नेछन् ।

यो सबै काम काठमाडौंमा खानेपानी वितरण सुरु गर्नुअघि नै गर्नुपर्ने हो । तर, उद्घाटनको हतारोका कारण पछि सारेर सुरुङ परीक्षणविनै सञ्चालन गरिएको थियो ।

प्रवक्ता पन्तले भने, ‘सुरुङमार्गको परीक्षण गर्दा कुनै समस्या नदेखिएमा १५ दिनमा भित्रको सुपरीवेक्षणको काम सकिन्छ, ।’ उनले भने, ’त्यसपछि सुरुङमा पानी भर्न १५ दिन लाग्छ, समस्या देखिएमा भने भित्र सुधारको काम गर्न थप समय पनि लाग्न सक्छ ।’




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु