मंगलवार ८ बैशाख, २०८३ (Tuesday April 21, 2026)

संविधान र कानूनका विज्ञसँग सभामुख अग्नि सापकोटाको परामर्श

बिहीबार १३ जेष्ठ, २०७८ विचारवाटिका 1948


संविधान र कानूनका विज्ञसँग सभामुख अग्नि सापकोटाको परामर्श

जेठ १३, काठमाडौं । संसद विघटनका विषयमा सभामुख अग्नि सापकोटाले परामर्श जारी राखेका छन् ।

यसअघि पूर्वसभामुखहरुसँग परामर्श गरेका सापकोटाले आज संविधान, कानून र न्यायिक क्षेत्रका विज्ञ, विशेषज्ञहरुसँग परामर्श थालेका हुन् ।

संसद भवनको ल्होत्से हलमा दिउँसो एक बजेदेखि परामर्श गर्न लागिएको सभामुखको सचिवालयले जनाएको छ ।

नेपाल बार एशोसिएसनका पूर्वअध्यक्षहरु, वरिष्ठ अधिवक्ताहरु लगायतलाई परामर्शका लागि बोलाइएको छ ।

सभामुख सापकोटाले यसअघि विज्ञप्ति जारी गरेर संसद विघटनलाई असंवैधानिक भनेका छन् ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु