बुधबार २१ आश्विन, २०८३ (Wednesday October 07, 2026)

परालको आगो’पछि लक्ष्मण सुनारको ‘सिन्दूर’मा निरुता र विपिनको जोडी

मंगलवार २० आश्विन, २०८३ Bichar Batika 1147


परालको आगो’पछि लक्ष्मण सुनारको ‘सिन्दूर’मा निरुता र विपिनको जोडी

असाेज २० काठमाडौं । ‘परालको आगो’का निर्देशक लक्ष्मण सुनार नयाँ फिल्म ‘सिन्दूर’ लिएर दर्शकमाझ आउने तयारीमा छन्। पश्चिम नेपालको दाङमा चार दिनदेखि छायांकन भइरहेको फिल्ममा कलाकारको लाइनअपसमेत विस्तार गरिएको छ।
गत शुक्रबार मुहूर्तसँगै पुष्प खड्का र प्रशंसा रायमाझीलाई मुख्य कलाकारका रूपमा सार्वजनिक गरिएको ‘सिन्दूर’मा अब निरुता सिंह र विपिन कार्की पनि जोडिएका छन्। निरुताले यसै साता छायांकनमा सहभागी हुनेछन् भने विपिन दशैंपछि सेटमा पुग्ने निर्माण पक्षले जनाएको छ।
निरुता र विपिन पहिलोपटक एउटै फिल्ममा सँगै देखिन लागेका हुन्। उनीहरूको भूमिकाबारे भने निर्माण पक्षले अहिलेसम्म गोप्य राखेको छ। फिल्ममा अभिनेत्री रेजिना उप्रेतीको समेत अभिनय रहनेछ,पुष्प–प्रशंसासँगै निरुता–विपिनको प्रवेशले ‘सिन्दूर’को कलाकार टोलीलाई थप चर्चामा ल्याएको छ।
सञ्जीव सार्कीको लगानी तथा दिनेश सिंह महराको कार्यकारी निर्माणमा बन्न लागेको फिल्मको लेखन निर्देशक सुनार स्वयंले गरेका हुन्। संकल्प भुजेलको छायांकन, प्रशान्त सिवाकोटी, श्रीकृष्ण बम मल्ल र दिनेश ढकालको संगीत तथा रामजी लामिछानेको नृत्य निर्देशन रहनेछ।
विवाहिता महिलाको जीवनमा सिन्दूरको भावनात्मक तथा सामाजिक महत्त्वलाई कथाको केन्द्रमा राखिएको फिल्मले पारिवारिक सम्बन्ध र नेपाली समाजसँग जोडिएको संवेदनशील विषयलाई पर्दामा प्रस्तुत गर्ने निर्माण पक्षको भनाइ छ।

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु