सोमबार २२ असार, २०८३ (Monday July 06, 2026)

केप भर्डेका डाइनी बोर्जेसकाे आत्मघाती गोलकाे कारण केप भर्डेका फिफा विश्वकप २०२६ बाट बाहिरीयाे ।

शनिबार २० असार, २०८३ Bichar Batika 1153


केप भर्डेका डाइनी बोर्जेसकाे आत्मघाती गोलकाे कारण केप भर्डेका फिफा विश्वकप २०२६ बाट बाहिरीयाे ।

असार २० काठमाडौं , पहिलोपटक विश्वकपमा सहभागी भएको केप भर्डेले साविक विश्व विजेता अर्जेन्टिनालाई अन्तिमसम्म दबाबमा राख्दै प्रभावशाली खेल प्रदर्शन गर्दा गर्दै पनि अन्ततः दुर्भाग्यपूर्ण अर्जेन्टिनाका खेलाडी मेसीले गरेकाे प्रहार  कर्नरमा क्रिस्टियन रोमेरोको हेडर क्लियर गर्ने क्रममा केप भर्डेका डाइनी बोर्जेस (डिने) बाट आत्मघाती गोल हुन पुगाे र तेहि गाेलका कारण  अर्जेन्टिना सग ३-२ ले हार्दै केप भर्डेका प्रतियोगिताबाट बाहिरीयाे  ।
अर्जेन्टिनाले २९ औं मिनेटमा कप्तान लियोनल मेसीको गोलमार्फत अग्रता लिएको थियो, तर ५९औं मिनेटमा डेरोय डुआर्टेले गोल गर्दै केप भर्डेलाई १–१ को बराबरीमा फर्काएका थिय, अतिरिक्त समयको ९२औं मिनेटमा लिसान्ड्रो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई पुनः अग्रता दिलाए, तर केप भर्डेले पनि फेरि  १०३औं मिनेटमा सिड्नी लोप्स काब्रालले शानदार गोल गर्दै खेललाई २–२ को बराबरीमा पुर्यायाे ,खेलको १११औं मिनेटमा अर्जेन्टिनाका मेसीले प्रहार गरेको कर्नरमा क्रिस्टियन रोमेरोको हेडर क्लियर गर्ने क्रममा केप भर्डेका डाइनी बोर्जेस (डिने) बाट आत्मघाती गोल हुन पुग्यो र अर्जेन्टिनाले ३–२ को अग्रता लियो अन्तत त्यही गोल जितका लागि पर्याप्त बन्यो।

फिफा विश्वकप २०२६ बाट बाहिरियता पनि पहिलोपटक विश्वकपमा सहभागी भएको केप भर्डेले साविक विश्व विजेता अर्जेन्टिना जस्ताे टिम सग अन्तिमसम्म दबाबमा राख्दै प्रभावशाली खेल प्रदर्शन गरेकाे भन्दै अहिले केप भर्डेकाकाे चर्चा भैरहेको छ ।

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु