मंगलवार ९ असार, २०८३ (Tuesday June 23, 2026)

नेपाली हास्य क्षेत्रका चर्चित कलाकार शर्मा को निधन ।

आईतवार ७ असार, २०८३ Bichar Batika 1097


नेपाली हास्य क्षेत्रका  चर्चित कलाकार शर्मा को निधन ।

असार ७ काठमाडौं, नेपाली हास्य क्षेत्रका चर्चित कलाकार खेम शर्माकाे अमेरिकाको बाल्टिमोरमा उपचारका क्रममा निधन भएको छ ।
हास्य कलाकार शिवहरि पौडेल का अनुसार शर्माको अमेरिकामा आईतवार बिहान निधन भएकाे हाे, पछिल्लो समय अमेरिकामा बसोबास गर्दै आएका शर्मा विगत सात वर्षदेखि क्यान्सरसँग संघर्षरत थिए,लामो समयदेखि उपचाररत रहेकाे शर्माको उपचारकै क्रममा निधन भएको जनाइएको छ।
चतुरेको दाउपेच टेलिफिल्ममार्फत लोकप्रियता हासिल गरेका शर्मा नेपाली हास्य क्षेत्रका परिचित कलाकार थिए,उक्त टेलिफिल्ममा ‘चतुरे’ पात्रको भूमिकाबाट उनी घरघरमा चिनिएका चर्चित कलाकार थिय,शर्माले विभिन्न टेलिफिल्म तथा चलचित्रहरूमा समेत अभिनय गरेका  छन् ,शर्माले चतुरेको दाउपेच नामक चलचित्रसमेत निर्माण गरेका थिए ।

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु