सोमबार १ भाद्र, २०८३ (Monday August 17, 2026)

वित्तीय संकटकाे कारण देखाउँदै निजी अस्पतालबाट दिइने स्वास्थ्य बिमाका सेवा अनिश्चितकालका लागि स्थगन ।

बुधबार १३ जेष्ठ, २०८३ Bichar Batika 1192


वित्तीय संकटकाे कारण देखाउँदै निजी अस्पतालबाट दिइने स्वास्थ्य बिमाका सेवा अनिश्चितकालका लागि स्थगन ।

जेष्ठ १३ काठमाडौं , वित्तीय संकटकाे कारण देखाउँदै स्वास्थ्य बिमा बोर्डले निजी स्वास्थ्य संस्थाबाट प्रदान गरिने आकस्मिक सेवाबाहेक अन्य स्वास्थ्य बिमाका सेवा अनिश्चितकालका लागि स्थगन गर्ने निर्णय गरेको छ। 
 स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध  निजी अस्पतालबाट दिइने स्वास्थ्य बिमा सेवा यही जेठ १६ देखि अर्को निर्णय नभएसम्मका लागि आकस्मिक सेवा बाहेक अन्य बिमाको   सेवाहरू स्थगन गर्ने निर्णय गरिएको बोर्डले जनाएको छ ।
  स्वास्थ्य बिमा बोर्डको बोर्ड बैठकको मिति २०८३/०२/११ गतेको निर्णयानुसार स्वास्थ्य बिमा बोर्डको बढ्दो वित्तीय संकटलाई मध्यनजर गर्दै अर्को निर्णय नभएसम्म नेपाल सरकारको स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध निजी स्वास्थ्य संस्थाबाट प्रदान गरिने आकस्मिक सेवाबाहेकका अन्य स्वास्थ्य बिमाका सेवा मिति २०८३ साल जेठ १६ गतेदेखि लागु हुने गरी स्थगन गर्ने निर्णय भएको बेहोरा  सार्वजनिक स्वास्थ्य बिमा बाेर्डले सार्वजनिक गरेकाे छ ।

 

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु