शनिबार २३ जेष्ठ, २०८३ (Saturday June 06, 2026)

विश्व मुख स्वास्थ्य दिवस नेपाल मेडिकल कलेजमा भब्यताका साथ सम्पन्न ।

बुधबार ११ चैत्र, २०८२ Bichar Batika 1139


विश्व मुख स्वास्थ्य दिवस नेपाल मेडिकल कलेजमा भब्यताका साथ सम्पन्न ।

चैत ११ काठमाडौं , नेपाल मेडिकल कलेजले विश्व मुख स्वास्थ्य दिवसकाे अवसरमा विविध सचेतनामूलक तथा सांस्कृतिक कार्यक्रम आयोजना गरेको थियाे।

कलेजका बीडीएस १२औँ ब्याचका विद्यार्थीहरूको आयोजनामा भएकाे कार्यक्रममा मुख स्वास्थ्य सचेतनासँगै प्यानल डिस्कस समेत गरिएकाे थियाे ,  कलेजका प्रबन्ध निर्देशक डा. सबिहा यासमिन प्रमुख आतिथ्यतामा आयाेजना गरिएकाे कार्यक्रममा अन्य अतिथीहरूमा कलेजका प्रिन्सिपल प्रा. डा. मोदनाथ मरहठ्ठा, अस्पताल निर्देशक प्रा.डा. निलमणी उपाध्याय लगायत कलेजका उच्च पदस्थ पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

साे कार्यक्रममा  बाेल्दै प्रमुख अतिथी प्रबन्ध निर्देशक डा. यासमिनले मानव स्वास्थ्यमा मुख स्वास्थ्य त्यसमाथि दन्त स्वास्थ्य महत्वपूर्ण भएकाे बताउनु भयाे ,दाँत तथा मुखलाइ कसरी स्वस्थ राख्ने विषय समुदाय स्तरमै गएर सचेतना फैलाउनु पर्ने र त्यसका लागि कलेज प्रशासनले समेत आवश्यक सहजीकरण र सहयाेग गर्ने उहाँकाे भनाइ थियाे , कार्यक्रममा अन्य वक्ताहरूले मुख स्वास्थ्य समग्र स्वास्थ्यको महत्वपूर्ण अंग भएको उल्लेख गर्दै नियमित दन्त परीक्षण, सरसफाइ र जनचेतनाको आवश्यकतामा जोड दिनुभयाे ।
“ह्याप्पी माउथ इज अ ह्याप्पी लाइफ” भन्ने नारासहित आयोजित प्यानल छलफलमा प्राध्यापकहरूले मुख स्वास्थ्यको महत्व र यसको दैनिक जीवनसँगको सम्बन्धबारे विचार व्यक्त गरेका थिए , साथै, विद्यार्थीहरूले सचेतनामूलक नाटक, नृत्य तथा अन्य प्रस्तुतिहरूमार्फत कार्यक्रमलाई आकर्षक बनाएका थिए ।

यसअघि बिहान आयोजित अन्य कार्यक्रमअन्तर्गत रील्स तथा पोस्टर प्रदर्शनी गरी मूल्याङ्कन गरिएको थियो , सहभागीहरूलाई प्रमुख अतिथी प्रबन्ध निर्देशक डा. सबिहा यासमिनले प्रमाणपत्र तथा पुरस्कार वितरण गर्नुभयाे ,कार्यक्रमले मनोरञ्जनसँगै जनचेतना अभिवृद्धि गर्दै मुख स्वास्थ्यप्रति सचेतना फैलाउन सहयाेग पुगेकाे बताइएकाे छ 

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु