आईतवार ६ बैशाख, २०८३ (Sunday April 19, 2026)

पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीलाई पितृशाेक ।

शुक्रबार २९ फाल्गुन, २०८२ Bichar Batika 1210


पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीलाई पितृशाेक ।

फागुन २९ काठमाडौं पूर्वप्रधानमन्त्री तथा  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक परेको छ ।
ओलीका पिता मोहन प्रसाद  ओलीको गएराति ३ वजे ९७ वर्षको उमेरमा भक्तपुरस्थित नेपाल-कोरियामैत्री अस्पतालमा निधन भएको एमाले  स्रोतले जनाएको छ, स्वर्गीय मोहन प्रसाद ओली केही समयदेखिनै अस्वस्थ रहेको समेत स्राेतले जनाएकाे छ ।
ओलीकाे निधनप्रति विभिन्न माध्यम बाट  राजनीतिक तथा सामाजिक व्यक्तित्वहरूले दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन्,स्व. माेहन प्रसाद ओलीकाे आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने अध्यक्ष ओलीको निजी सचिवालयले जनाएको छ ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु