सोमबार ११ जेष्ठ, २०८३ (Monday May 25, 2026)

निर्वाचनमा सबैजना आक्रमण रूपमा लागाै जित सुनिश्चित छ :- समानुपातिक उम्मेदवार श्रेष्ठ ।

शनिबार १७ माघ, २०८२ Bichar Batika 1580


निर्वाचनमा सबैजना आक्रमण रूपमा लागाै जित सुनिश्चित छ :- समानुपातिक उम्मेदवार श्रेष्ठ  ।

माघ १७ काठमाडौं , नेकपा ( एमाले ) रामेछापका पुराना नेता नेकपा ( एमाले ) प्रतिनिधि सभा समानुपातिक उम्मेदवार राजकुमार श्रेष्ठले फागुन २१ गते हुन गहिरहेकाे प्रतिनिधि सभाकाे निर्वाचनमा पार्टीको संगठित सदस्यहरू आक्रमण रूपमा लाग्नु पर्ने बताउनु हुदै सबैजना आक्रमण रूपमा लागे रामेछाप एमालेको जित सुनिश्चित रहेकाे समेत बताउनु भएकाे छ ।

मन्थली नगर - काठमाडौ सम्पर्क कमिटी र रामेछाप नगर- काठमाडौं सम्पर्क कमिटीको संयुक्त  बैठकलाई सम्बाेधन गर्नु हुदै श्रेष्ठले नेपाली काँग्रेस ,नेकपा  भन्दा नेकपा (एमाले) के कारण फरक छ भन्ने बारे समेत प्रष्ट पार्नु भएकाे थियाे , देशमा अहिले  अन्याेल छाईरहेकाेेले यसलाई सहि बाटाेमा ल्याउन समेत नेकपा ( एमाले ) लाई जिताउनै पर्ने भएकाेले सबैजना आ- आफ्नाे ठाउँमा पार्टीलाई जिताउन लागिपर्न समेत आग्रह गर्नु भयाे ।

मन्थली नगर- काठमाडौं सम्पर्क कमिटीको अध्यक्ष अरूण प्रसाद अधिकारीको अध्यक्षता, रामेछाप नगर - काठमाडौं सम्पर्क कमिटीको अध्यक्ष नर बहादुर विश्वकर्माकाे सञ्चालनमा आयाेजना गरिएकाे संयुक्त बैठमा श्रेष्ठ लगायत  बागमती प्रदेश कमिटीको निवर्तमान सदस्य सिता कुमारी खत्री ,रामेछाप जिल्ला कमिटी सदस्य भुवन श्रेष्ठ , रामेछाप - काठमाडौं सम्पर्क मञ्चको उपाध्यक्ष दिलिप श्रेष्ठ लगायत सचिवालय सदस्य तथा सदस्यहरू , लिखु तामाकोसी - काठमाडौं सम्पर्क कमिटीको अध्यक्ष रविन तामाङ लगायत मन्थली नगर सम्पर्क कमिटी तथा रामेछाप नगर सम्पर्क कमिटीको पदाधिकारी तथा सदस्यहरूकाे बैठकमा उपस्थिति रहेकाे थियाे ।

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु