शनिबार २३ जेष्ठ, २०८३ (Saturday June 06, 2026)

समाजसेवी श्रेष्ठ द्वारा श्री विश्वामित्र गणेश मा.वि.का एक सय विद्यार्थीहरूलाई स्कुुल व्याग वितरण ।

मंगलवार २ मंसिर, २०८२ Bichar Batika 1513


समाजसेवी श्रेष्ठ द्वारा श्री विश्वामित्र गणेश मा.वि.का एक सय विद्यार्थीहरूलाई स्कुुल व्याग वितरण ।

मंसिर २ ललितपुर , मनकारी समाजसेवी शिव श्रेष्ठले ललितपुर जिल्लाकाे लुभु अबस्थित श्री विश्वामित्र गणेश माध्यमिक विद्यालयकाे कक्षा तिनमा अध्यनरत एक सय जना विद्यार्थीहरूलाई स्कुल व्याग लगायत स्टेशनरी आईटमहरू वितरण गर्नुभएको छ ।

नेवा परिषद नेपाल ,नेवा देय दवु महालक्ष्मीथान नगर समिति सहजकर्ता तथा न्हु प्रेष्तिज मासिक पत्रिकाको सहयाेगमा श्रेष्ठले हिजाे साेमबार ललितपुरको लुभुमा पुगी विद्यालयका शिक्षकहरूकाे उपस स्कुल व्याग तथा स्टेशनरी आईटमहरू वितरण गर्नुभएकाे थियाे ।

 सामाजिक सेवामा सक्रिय रूपमा लाग्नु भएकाे श्रेष्ठले अन्ने धेरै ठाउकाे विद्यालयका विद्यार्थीहरूलाई पनि समय  समयमा स्कुल व्याग , स्कुल ड्रेस ,स्टेशनरी आईटमहरू वितरण गर्दै आउनु भएकाे छ ।

तस्बिर :- खिल बहादुर श्रेष्ठ ,




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु