सोमबार २२ भाद्र, २०८३ (Monday September 07, 2026)

आज यम पञ्चककाे दाेस्राे दिन बिहान कुकुुर तिहार साँझ लक्ष्मीपुजा गरिदै ।

सोमबार ३ कार्तिक, २०८२ Bichar Batika 1696


आज यम पञ्चककाे दाेस्राे दिन बिहान कुकुुर तिहार साँझ लक्ष्मीपुजा गरिदै ।

कार्तिक ३ काठमाडौं , हिन्दु नेपालीहरूकाे दाेस्राे ठुलाे चाड यम पञ्चक ( तिहार) काे आज दाेस्राे दिन बिहान कुकुर तिहार र साँझ लक्ष्मीपुजा गरि मनाईदै छ ।

  कार्तिक कृष्ण पक्ष चतृदशी तिथि कुकुर तिहारकाे दिन कुकुरलाई मीठा मिठा  परिकार खान दिएमा यमराजको ढोकामा द्वारपालका रूपमा बस्ने  कुकुरले यमलोक जाँदा बाटो छोडी दिन्छ भन्ने  धार्मिक विश्वासका  आधारमा परम्पराकाल देखि  कुकुर तिहार मनाउने गरिन्छ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाए अनुसार आज दिउसाे बाट चतृदशी तिथि समापन भै  औंसी तिथि लाग्ने भएकाेले लक्ष्मीपुुजा पनि आज साझै गर्नु पर्ने बतएकाे छ ।

सामान्यतया यमपञ्चकको दोस्रो दिन कुकुर तिहार र तेस्रो दिन लक्ष्मी पूजा गर्ने प्रचलन रहेतापनि  यस वर्ष तिथि घटबढका कारण कुकुर तिहार र लक्ष्मी पूजा एकैदिन परेको छ ,नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार साँझ ०५ः०४ बजेबाट औँशी तिथि लाग्ने भएकाेले कार्त्तिक महिनाको औंसी तिथिको अर्धरात्रिमा लक्ष्मीपूजा मनाउनुपर्ने धार्मिक विश्वास रहेकाे छ।

आज बिहान चतुर्दशी तिथि भए पनि राति औंसी हुने र भोलि राति औंसी तिथि बाँकी नरहने भएकोले आज नै लक्ष्मीपूजा समेत मनाउनु भएकाे हाे । 
यमपञ्चक शनिवारबाटै शुरु भए पनि तिथि घटबढले कागतिहार आइतबारमात्र मनाइएको थियो ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु