बुधबार ३ असार, २०८३ (Wednesday June 17, 2026)

क्षतिग्रस्त बिपी राजमार्ग अस्थायी डाइभर्सन बनाएर छिटै सञ्चालन हुँदै मन्त्री घिसिङ द्वारा अनुगमन ।

बिहीबार २३ आश्विन, २०८२ Bichar Batika 1554


क्षतिग्रस्त बिपी राजमार्ग अस्थायी डाइभर्सन बनाएर छिटै सञ्चालन हुँदै मन्त्री घिसिङ द्वारा अनुगमन ।

असाेज २३ काठमाडौं , बाढीले क्षतिग्रस्त  बनाएकाे बिपी राजमार्गको करिब चार किलोमिटर खण्डमा अस्थायी डाइभर्सन बनाएर सडक छिटै  सञ्चालनमा ल्याउन तिव्र गतिमा काम भैरहेको छ ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङको नेतृत्वमा उक्त मन्त्रालयका सचिव केशव शर्मा, सडक विभागका महानिर्देशक विजय जैसीसहितको टोलीले हालैको बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्गका विभिन्न खण्डको अनुगमन गरि मन्त्री घिसिङले  संघीय  राजधानी काठमाडौमा  बागमती , मधेस र कोशी प्रदेशका जिल्लाहरुलाई जोड्ने लाइफ लाइन का रुपमा रहेको बिपी राजमार्ग जतिसक्दो चाँडो सञ्चालन हुनेगरी काम गर्न कार्यक्षेत्रमा खटिका सडक विभागका इञ्जिनियर र निर्माण व्यवसायीलाई आग्रह समेत गर्नु भएकाे छ ।

गत वर्षको बाढीबाट क्षतिग्रस्त बिपी राजमार्ग सडक स्थायी रुपमा निर्माण गर्न केही खण्डको ठेक्का लागिसकेको छभने कही खण्डको ठेक्का प्रक्रिया अन्तिम चरणमा रहेको मन्त्री घिसिङको निजी सचिवालयले जनाएको छ ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु