मंगलवार २३ भाद्र, २०८३ (Tuesday September 08, 2026)

म्याट्रिक्स फाइट नाइट १७ च्याम्पियन रवीन्द्र ढाटलाई सरकारले पाँच लाख सहित सम्मान गर्दै ।

बिहीबार २९ श्रावण, २०८२ Bichar Batika 1351


म्याट्रिक्स फाइट नाइट १७ च्याम्पियन रवीन्द्र ढाटलाई सरकारले पाँच लाख सहित सम्मान गर्दै ।

साउन २९ काठमाडौं , म्याट्रिक्स फाइट नाइट १७ (एमएफएन १७) च्याम्पियन नेपाली एमएमए फाइटर रवीन्द्र ढाटलाई नेपाल सरकारले  पाँच लाख नगद पुरस्कार सहित  सम्मान गर्ने भएको छ । 
 मन्त्रिपरिषद् बैठकले रवीन्द्र ढाटलाइ प्रोत्साहस्वरूप पाँच लाख रूपैयाँ  नगद सहित सम्मान र प्रशिक्षक तथा मेन्टर दिविज पिया लामालाई भने दुई लाखसहित सम्मान गर्न गहिरहेकाे प्रधानमन्त्री केपी शर्मा ओलीले  सामाजिक सञ्जाल बाट जानकारी गराउनु भएकाे छ । 

रवीन्द्र ढाटले गत साता भारतको नोयडामा भएको म्याट्रिक्स फाइट नाइट (एमएफएन) १७ मा चोङरङ कोरेनलाई तेस्रो राउन्डमा पराजित गर्दै बान्टमवेट च्याम्पियन उपाधि जित्न सफल भएकाे थियाे ढाट यो फाइट जित्ने पहिलो नेपाली खेलाडी हुन् ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु