शनिबार १७ जेष्ठ, २०८२
जेष्ठ १७ काठमाडौं , नेकपा(एमाले) का केन्द्रीय सदस्य तथा संगठन विभाग सचिव माधब ढुङ्गेलले रामेछाप नगरकाे स्थानीय तहमा नेकपा(एमाले) ले निर्वाचन नजितेकाे कारण पुष्पलाल पार्क बन्न नसकेकाे बताउनु भएकाे छ ।

नेकपा (एमाले)रामेछाप नगर- काठमाडौं सम्पर्क मञ्चको विस्तारित बैठकमा बाेल्दै सचिव ढुङ्गेलले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल जन्मिएको ठाउँ रामेछाप नगरकाे भंगेरीमाअहिले सम्म अन्तर्राष्ट्रियस्तरकाे पार्क बनिसक्नु पर्ने तर हालकाे दिनसम्म पार्ककाे सामान्य भाैतिक संरचना निर्माण भन्दा बाहेक अरू केही नभएको नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेताहरूकाे शालिक निर्माण सम्पन्न भएतापनि बजेटकाे अभावले भंगेरी लान नसकेकाे कुरा जानकारी गराउनु हुँदै प्रदेश तथा केन्द्रीय सरकार एमालेले सञ्चालन गरेपनि रामेछाप नगरकाे स्थानीय सरकार दुबै कार्यकाल नेपाली काँग्रेसले जितेकाे र पुष्पलाल पार्क बन्दा काँग्रेसलाई केही फाईदा नहुने देखेर स्थानीय तहबाट पुष्पलाल पार्ककाे निर्माणलाई प्राथमिकता नदिएकाे प्रस्ट देखिएकाे कुरा बताउनु भयाे ।

सचिव ढुङ्गलले पुष्पलाल जन्मिएको ठाउँ भंगेरीमा अन्तरास्ट्रियस्तरकाे निर्माण गर्न सके विश्वकाे कम्युनिष्टहरू नेपाल आउदा एकचाेटी अवस्य पुष्पलाल पार्क अवलोकन गर्न आउदा स्थानीयहरूलाई समेत आर्थिक रूपमा प्रत्येक्ष फाईदा पुग्ने कुरा बताउनु हुँदै पुष्पलाल पार्क निर्माण गर्नकैलागि भएपनि आगामी स्थानीय तहकाे निर्वाचनमा नेकपा (एमाले)ले जित्नैपर्ने तेसकाे निम्ति अहिले देखिनै नगर कमिटी तथा नगर सम्पर्क मञ्चको नेता तथा कार्यकर्ताहरू सुस्म ढंगले लागि पर्न आग्रह समेत गर्नु भयाे ।