शुक्रबार ११ बैशाख, २०८३ (Friday April 24, 2026)

नेपाललाई असफल राष्ट्र बनाउन राजनीतिक दलहरूले भूमिका खेलिरहेको छ :- प्राध्यापक डा. आचार्य ।

आईतवार २३ मंसिर, २०८१ Bichar Batika 1754


नेपाललाई असफल राष्ट्र बनाउन राजनीतिक दलहरूले भूमिका खेलिरहेको छ :- प्राध्यापक डा. आचार्य ।

मंसिर २३ काठमाडौं , संयुक्त राष्ट्र संघका लागि नेपाली पूर्व राजदूत तथा प्राध्यापक डा. जयराम आचार्यले नेपाललाई असफल मुलुक बनाउनमा कर्मचारीतन्त्रले नभई ,राजनीतिक दलहरूले भूमिका खेलिरहेको बताउनु भयाे ।
सेडेप नेपाल ( नेम) द्वारा काठमाडौंमा आयाेजीत  नवनियुक्त राजपत्रांकित तृतीय श्रेणी शाखा अधिकृतहरूकाे सम्मान कार्यक्रममा बाेल्दै प्राध्यापक  डा. आचार्यले यस्ताे बताउनु भएकाे थियाे ।


कर्मचारीतन्त्रमा राजनीतिक दलहरूकाे विभिन्न संघ , संगठनहरूको प्रभावका कारण कर्मचारीकाे छेमता वृत्ति बिकाशमा समस्या हुनुको साथै चाहेजस्तो प्रतिफल दिन समेत नसकेको हुदा दलहरूकाे संघ ,संगठन खारेज हुनुपर्ने डा. आचार्यले बताउनु भयाे ।
 उहाँले जनतालाई छिटो छरितो र प्रभावकारी रूपमा सार्वजनिक सेवा प्रवाह गर्न कुनै दाग नलाग्ने गरि इमानदारी पूर्वक कर्तव्यनिष्ट भएर जनताको सेवामा लाग्न समेत नवनियुक्त शाखा अधिकृतहरूलाई आग्रह गर्नु हुँदै शाखा अधिकुतहरूकाे मासिक तलबमा निकै कम रहेकाे बताउदै कर्मचारीहरूकाे आकार घटाएर भएपनि तलबमा वृद्धि गरि कम्तिमा साठी हजार बनाउनु पर्ने डा. आचार्यले सुझाव दिनुभयो ।


सेडेप नेपालले नेपाल प्रशासन सेवा सामान्य प्रशासन ,लेखा राजश्व तथा लेखापरीक्षण सेवा, न्याय सेवा र परराष्ट्र सेवाका नवनियुक्त शाखा अधिकृहरूलाई सम्मान कार्यक्रम गरेकाे थियाे , सेडेप नेपालले बिगत १८ बर्षदेखि सरकारी सेवाका नर्वप्रवेशिकाे लागि सहजीकरण तथा मार्ग निर्देशन गर्दै आएकाे छ ।

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु