शनिबार ५ आश्विन, २०८१
विचार बाटिका संवाददाता काठमाण्डौ
रामेछाप लिखु तामाकोसी
नेकपा एमाले गाउँपालिका कमिटि अध्यक्ष केबी पौडेलको नेतृत्वमा सहयाेग संकलन गरी पहिरोबाट अति प्रभावित तीन घर परिवारलाई रू ९००० नौं हजारको दरले २७००० हजार उपलब्ध गराइएको एमाले नेता भीम तामाङ्गले जानकारि गराउनु भएको छ
पहिराे बाट प्रभावित बाबुराम बुढाथोकी मेख वहादुर बुढाथोकी र लीला वहादुर बुढाथोकी लाई रू ९००० हजारको दरले रकम प्रदान गरिएको उहाँले बताउनुभयो
सो विषयमा बोल्दै अध्यक्ष पाैडेलले पुरा रूपमा नसके पनि पहिरो पीडितहरुको पीडालाई महसुस गर्दै केही सहज होस् भनेर हाम्राे नेकपा एमाले लिखु तामाकोशी गाउँपालिका कमिटीले यो निर्णय गरेको हो उहाँले बताउनु भयो हामीले जानकारि पाए सम्म लिखु तामाकोशी गाउँपालिका मात्र नभई जिल्लामा घटेका घटनाहरु अनुसार पार्टीगत रुपमा होस् अथवा व्यक्तिगत रूपमा सहयाेग गर्दै आएको गर्दै आएका छौँ उहाँले भन्नुभयो
त्यस्तै पहिरो पीडित सोही स्थानका अन्य ७ घर परिवारलाई पनि ३ हजारका दरले आर्थिक सहयोग गरिएको पार्टी गाउँपालिका कमिटी अध्यक्ष पौडेलले बताउनुभयो । उहाँहरूलाई २१ हजार सहित ४८०००रुपैँया प्रदान गरिएको छ ।