शनिबार २७ भाद्र, २०८३ (Saturday September 12, 2026)

फर्पु पहिरेकाे पहिराे पिडित परिवारलाई नेकपा (एमाले) रामेछापकाे पहलमा ३ लाख ४५ हजार नगद सहयाेग ।

सोमबार १४ श्रावण, २०८१ दिलिप श्रेष्ठ 2415


फर्पु पहिरेकाे पहिराे पिडित परिवारलाई नेकपा (एमाले) रामेछापकाे पहलमा ३ लाख ४५ हजार नगद सहयाेग ।

श्रवण १४ रामेछाप , रामेछाप जिल्ला गाेकुलगंगा गाउँपालिका वडा नं. ६ फर्पु पहिरेमा गत १० गते बिहिवार साँझ घर माथिबाट आएकाे पहिराेले घर पुरिदा तीन किशोरीहरूकाे मृत्यु हुनुकाे साथै घरमा समेत क्षेति पुगेकाे परिवारलाई नेकपा ( एमाले) रामेछापको  पहलमा ३लाख ४५ हजार नगद सहयोग गरेकाे छ ।

 


  नेकपा ( एमाले) रामेछाप जिल्ला कमिटी ,रामेछाप -काठमाडौं सम्पर्क मञ्च ,नेकपा ( एमाले) बागमती प्रदेश वन तथा वातावरण विभाग , गाेकुलगंगा गाउपालिका कमिटी ,गाेकुलगंगा - काठमाडौं सम्पर्क मञ्चको संक्रियतामा संयुक्त संकलित रकम ३ लाख १५ हजार , मन्थली नगरपालिकाकाे तर्फबाट नगर प्रमुख लब श्रेष्ठले  ३० हजार गरि  जम्मा  ३ लाख ४५ हजार रकम गाेकुलगंगा ६ फर्पु पहिरे निवासी मृतक सीता तामाङको बुबा विमान तामाङलाई घर निमार्ण / मर्मतकाे लागि १५ हजार र राहत स्वरूप १लाख १० हजार गरि जम्मा १ लाख २५ हजार, गाेकुलगंगा ६ फर्पु पहिरे निवासी मृतक लक्ष्मी तामाङको बुबा पदम बहादुर तामाङलाई राहत स्वरूप १ लाख १० हजार र गाेकुलगंगा ६ फर्पु पहिरे निवासी मृतक आशिका तामाङको बुबा पेमा तामाङलाई राहात स्वरूप १लाख १० हजार रकम हस्तान्तरण गरेकाे थियाे ।

 


काठमाडौं बाट केन्द्रीय सदस्य गिता कार्की ,बागमती प्रदेश कमिटी सचिवालय सदस्य शान्ति प्रसाद पाैडेल , बागमती प्रदेश सम्पर्क कमिटी सदस्य सिताराम खड्का , रामेछाप -काठमाडौं सम्पर्क मञ्चको उपसचिव रमेश खड्का , गाेकुलगंगा -काठमाडौं सम्पर्क मञ्चको अध्यक्ष मुक्ति प्रसाद दाहाल( अबिशेक) सचिव कमलकाजि तामाङ , सूर्य तामाङ ,रामेछाप जिल्ला बाट बागमती प्रदेशका माननीय आनन्द कुमार श्रेष्ठ ,मन्थली नगर प्रमुख लव श्रेष्ठ , जिल्ला कमिटी अध्यक्ष पुरूषाेत्तम कडरिया, सचिव प्रकाश कुमार कार्की ,उपसचिव मखमलि श्रेष्ठ , जिल्ला कमिटी सदस्य विनाेद फुयाल ,पत्रकार नवराज प्रतीक, रामेछाप नगर कमिटी सचिव माधव ढकाल, रामेछाप अनेरास्ववियु अध्यक्ष पुष्कर भट्टराई ,गाेकुलगंगाका जनप्रतिनिधि दिपक कार्की ,गाेकुलगंगा वडा कमिटी अध्यक्षहरू भुमिराज कार्की ,प्रेमबहादुर तामाङ लगायत गाेकुलगंगाका स्थानिय नेता तथा कार्यकर्ताहरूकाे उपस्थितिमा तीन पिडित परिवारलाई सहयाेग रकम हस्तान्तरण गरेकाे थियाे ।

                         तस्बिर :- रमेश खड्का ,




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु