शनिबार ५ जेष्ठ, २०८१ (Saturday May 18, 2024)

एमाले रामेछापले गर्यो कार्य विभाजन 

मंगलवार ३ फाल्गुन, २०७८ विचारवाटिका 2529


एमाले रामेछापले गर्यो कार्य विभाजन 

फागुन ३ रामेछाप, नेकपा (एमाले) रामेछापले जिल्ला कमिटीका पदाधिकारी र सदस्यहरुको कार्य विभाजन गरेको छ ।

 अध्यक्ष आनन्द कुमार श्रेष्ठले पार्टी स्कुल विभाग र जनसंगठन समन्वय विभाग प्रमुख, उपाध्यक्ष ईन्द्र बहादुर तामाङ स्थानीय विकास विभाग प्रमुख, सचिव पुरुषोत्तम कडेरियाले संगठन विभाग प्रमुख, उपसचिव प्रकाशकुमार कार्कीले प्रचार तथा प्रकाशन विभागको प्रमुखको जिम्मेवारी पाएका छन् ।

 उपसचिव होतराज ढकाले निर्वाचन विभाग प्रमुख र राम प्रसाद देवकोटाले वित्त तथा कोष व्यवस्थापन विभाग प्रमुख पाएका छन् ।
जिल्ला कमिटीको सबै सदस्यहरुलाई जनसंगठनको समन्वय गर्ने, पालिका संयोजन गर्ने र रामेछाप जिल्लाको ६४ वटै वडामा ईन्चार्ज, सह ईन्चार्जको जिम्मेवारी समेत तोकिएको प्रचार विभाग प्रमुख प्रकाशकुमार कार्कीले जानकारी गराए ।

कमिटीको बैठकले प्रेम बहादुर खड्का अध्यक्ष रहने गरि जिल्ला सल्लाहाकार कमिटी गठन गरेको छ र जेष्ठ कम्यूनिष्ट मंच समेत गठन गर्ने निर्णय गरेको छ ।


आजको बैठकले वर्तमान सत्ता गठबन्धनले आफ्नो स्वार्थसंग जोडेर अदालतमाथि ठाडो हस्तक्षेप गरेको भन्दै प्रधानन्यायधिश माथिको महाभियोग लगायत महंगी भष्ट्रचार, बढ् सामाजिक विभेद, राज्यद्वारा सृर्जित विभिन्न घटनाहरुको निन्दा र भर्त्सना गरेको छ ।
 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु