मंगलवार २३ भाद्र, २०८३ (Tuesday September 08, 2026)

मतदाता नामावलीमा विवाद भएपछि पत्रकार महासंघको निर्वाचन स्थगित ।

शनिबार २६ जेष्ठ, २०८१ विचारवाटिका 1630


मतदाता नामावलीमा विवाद भएपछि पत्रकार महासंघको निर्वाचन स्थगित ।

जेठ २६ काठमाडौं , नेपाल पत्रकार महासंघको आज तय गरिएकाे निर्वाचन मतदाता नामावलीमा विवाद भएपछि अन्तिम समयमा आएर स्थगित भएकाे छ ।
हिजो  शुक्रबार सुचना जारी गर्दै पत्रकार  महासंघको अध्यक्ष विपुल पाेखरेलले मतदाता नामावलीमा देखिएकाे विवाद समाधानको लागि प्रयास जारी रहेकाेले जेठ २६ गते ( आज) ताेकिएकाे निर्वाचन स्थगित भएकाे जानकारी गराएकाे छ ।
अध्यक्ष पाेखरेलले सुचनामा मतदाता नामावलीमा देखिएकाे विवाद समाधानको लागि प्रयास जारी रहेकाेले आउँदाे असारको दाेस्राे हप्ताभित्रै निर्वाचन गर्नेगरी अध्यक्ष मण्डल सँगकाे परामर्शमा अर्काे मिति तय गर्ने जानकारी गराउनुकाे साथै निर्वाचन समिति गठन गर्न बाँकी शाखा समिति एसाेसिएट संस्था र प्रदेश समितिलाई यथाशीघ्र निर्वाचन समिति गठन गरि केन्द्रीय  निर्वाचन समितिलाई जानकारी गराउनकाे लागि समेत आग्रह गरेकाे छ ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु