शुक्रबार ४ बैशाख, २०८३ (Friday April 17, 2026)

रामेछाप -काठमाडौं सम्पर्क मञ्चको नयाँ वर्ष २०८१काे भित्तेपात्राे लाेकार्पण 

शनिबार ८ बैशाख, २०८१ विचारवाटिका 2270


रामेछाप -काठमाडौं सम्पर्क मञ्चको नयाँ वर्ष २०८१काे भित्तेपात्राे लाेकार्पण 

बैशाख ८ काठमाडौं , नेकपा (एमाले ) रामेछाप - काठमाडौं सम्पर्क मञ्चको नयाँ वर्ष २०८१ सालकाे भित्तेपात्राे नेकपा (एमाले ) स्थायी कमिटी सदस्य तथा सम्पर्क समन्वय कमिटी इन्चार्ज लालबाबु पण्डित लगायत पाेलिटव्युराे तथा केन्द्रीय सदस्यहरू , बागमती प्रदेश कमिटीको अध्यक्ष तथा बागमती प्रदेशको पूर्व आर्थिक मामिला तथा याेजना मन्त्री कैलाश प्रसाद ढुङ्गेल लगायतका प्रदेश कमिटी सदस्यहरू , सम्पर्क समन्वय कमिटीको सचिवालय सदस्य सरिता दाहाल लगायत सदस्यहरू ,रामेछाप जिल्ला कमिटी अध्यक्ष आनन्द कुमार श्रेष्ठ लगायत जिल्ला तथा सम्पर्क मातहतका नेताहरूले संयुक्त रूपमा सम्पर्क मञ्च द्वारा प्रकाशित २०८१ सालकाे भित्तेपात्राे लाेकार्पण गर्नुभएको थियाे ।

 


रामेछाप -काठमाडौं सम्पर्क मञ्चको अध्यक्ष प्रमाेद भण्डारी (रविन्द्र) काे अध्यक्षता तथा पार्टीका स्थायी कमिटी सदस्य लालबाबु पण्डितकाे प्रमुख आतिथ्यतामा आयाेजना भएकाे नयाँ वर्षकाे शुभकामना आदानप्रदान तथा भित्तेपात्राे लाेकार्पण कार्यक्रममा प्रमुख अतिथि स्थायी कमिटी सदस्य लालबाबु पण्डित अतिथिहरू बागमती प्रदेश कमिटी अध्यक्ष कैलाश प्रसाद ढुङ्गेल, केन्द्रीय सदस्य गिता कार्की ,वागमती प्रदेश कमिटी सदस्य तथा प्रदेशको पूर्व मन्त्री शान्ति प्रसाद पाैडेल,बागमती प्रदेश सम्पर्क कमिटी अध्यक्ष अशाेक कुमार ठकुरी , रामेछाप जिल्ला कमिटी अध्यक्ष आनन्द कुमार श्रेष्ठ र सम्पर्क मञ्चको निवर्तमान अध्यक्ष राकेश श्रेष्ठले कार्यक्रममा शुभकामना मन्तव्य राख्नुभएको थियाे ।

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु