शनिबार २३ जेष्ठ, २०८३ (Saturday June 06, 2026)

संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेस लुम्बिनी भ्रमणमा आउँदै

मंगलवार १४ कार्तिक, २०८० विचारवाटिका 1696


संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेस लुम्बिनी भ्रमणमा आउँदै

कात्तिक १४, संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस आज बिहान बुद्ध जन्मस्थल लुम्बिनी भ्रमणमा आउँदैछन् । तीन दिने औपचारिक नेपाल भ्रमणमा आएका गुटेरेस आज बिहान पोखराबाट लुम्बिनी जान लागेका हुन् ।

महासचिव गुटेरेस मंगलबार बिहान भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आउने र त्यहाँबाट हेलिकोप्टरमा बहान ८ : ५० बजे लुम्बिनी पुग्ने बताएका छन् । हेलिकप्टरमा लुम्बिनी पुगेपछि गुटेरेसलाई गाडीमा शान्ति दीपमा लगिनेछ । मायादेवी मन्दिर, बुद्धजन्म स्मारक, पुष्पकरणी पोखरी, अशोक स्तम्भहरुको निरीक्षणपछि मायादेवी मन्दिर र अशोक स्तम्भ परिसरकै पिपलको रुखमुनि गुटेरेसलाई स्वागत गर्ने कार्यक्रम राखिएको छ ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु