शनिबार २३ जेष्ठ, २०८३ (Saturday June 06, 2026)

नेवा: देय् दबूका सदस्यहरूलाई मनमोहनले सर्वसुलभ ,गुणस्तरीय सेवा दिनुका साथै २५ प्रतिशत सम्म छुटदिने सम्झौता  

शनिबार २० श्रावण, २०८० विचारवाटिका 2505


नेवा: देय् दबूका सदस्यहरूलाई मनमोहनले सर्वसुलभ ,गुणस्तरीय सेवा दिनुका साथै २५ प्रतिशत सम्म छुटदिने सम्झौता  

  साउन २० काठमाडौं ,नेवा: देय् दबूका पदाधिकारी ,कर्मचारी ,सदस्य तथा सदस्यहरूको परिवारलाई समेत मनमोहन मेमोरियल अस्पतालमा उपचार गराउदा विभिन्न स्वास्थ्य सेवाहरू सर्वसुलभ र गुणस्तरीय रूपमा प्रदान गर्नुका साथै १० प्रतिशत देखि २५ प्रतिशत सम्म छुट दिने सम्झौता भएको छ।


   २०८० साउन १५ गते नेवा: देय् दबू र मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालबीच अस्पतालमा उपलब्ध हुने विभिन्न स्वास्थ्य सेवा सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको नेवा: ल्यायम्ह दबूका अध्यक्ष सुदन मुनिकारले विचार वाटिकालाई जानकारी गराउनु भयो ।

   स्वयम्भू स्थित  मनमोहन अस्पतालमा भएको सम्झौता पत्रमा नेवाः देय् दबूको तर्फबाट अध्यक्ष पवित्रा बज्राचार्य ,महासचिव सत्यनारायण डंगोल र राष्ट्रिय पार्षद डा. अञ्जना डंगोल तथा अस्पतालको तर्फबाट कार्यकारी निर्देशक डा. नस्तु प्रसाद शर्मा ,प्रबन्ध निर्देशक डा. मुजः श्रेष्ठ र मेडिकल डाइरेक्टर निराजन सुवेदीले हस्ताक्षर गर्नुभएको थियो ।

  उक्त सम्झौता पत्रमा अस्पतालमा उपलब्ध सामान्य शैया,ल्याब परिक्षण ,एक्सरे ,ईसिजि, जनरल क्याविन, आईसियु ,भेन्टिलेटर ,अपरेसन ,ईको, मेमोग्राम,ईन्डोस्कोपी,फिजियोथेरापी रहेको छ , त्यसै गरि ७० देखि ७९ बर्षसम्मको जेष्ट नागरिकलाई २५ प्रतिशत र ८० बर्षभन्दा माथिको  जेष्ट नागरिकलाई ५० प्रतिशत सम्म छुट दिने सम्झौता गर्नुका साथै अस्पतालले नेवा: देय् दबूको माग बमोजिम बर्षमा ४ पटक विशेषज्ञ सहितको निःशुल्क स्वस्थ्य शिविर सञ्चालन गर्ने र स्वास्थ्य शिविर सगै नेवाः दय् दबूले रक्तदान कार्यक्रम समेत राख्ने बुदामा समेत सहमति भएको छ। यसबाट नेवाः देय् दबूका देशैभर रहेका विभिन्न समितिका पदाधिकारी तथा साधारण सदस्यहरूले समेत सो अस्पतालबाट प्रदान गर्ने गुणस्तरीय स्वास्थ्य सेवा विशेष छुटमा सर्वसुलभ तवरले प्राप्त गर्न सक्ने  जानकारी अध्यक्ष मुनिकारले गराउनु भयो ।

तस्विर: सुदन मुनिकार

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु