बिहीबार १ मंसिर, २०७९
मंसिर १ काठमाडौं, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन क्षेत्र नम्बर २ को प्रतिनिधिसभाका उम्मेदवार रहेका रवि लामिछानेले आफ्नो देशमै केही गर्छु भनेर विदेशबाट फर्कंदा आफूले नै दुःख पाएको बताएका छन् ।
विदेशबाट फर्कनेहरूले आफूले पाएको जस्तै दुःख पाउनु नपर्ने मुलुक बनाउने उनको उद्घोष थियो । विदेशबाट नेपालमै केही गर्छु भनेर फर्कनेहरूलाई आफैँले स्वागत गर्ने उनको भनाइ छ ।
सुरक्षाकर्मीहरूले भ्रष्टचारीहरूलाई सलाम गर्नु नपर्ने मुलुक बनाउने उनको भनाइ थियो । पैसाको खोला बगाएर मतदातालाई प्रभावित गर्ने काम नगर्न चेतावनी दिए ।