मंगलवार ५ श्रावण, २०८३ (Tuesday July 21, 2026)

अहिलेसम्म १७ लाखले छाडे काठमाडौँ उपत्यका

सोमबार १७ आश्विन, २०७९ विचारवाटिका 2147


अहिलेसम्म १७ लाखले छाडे काठमाडौँ उपत्यका

असोज १७  काठमाडौं, काठमाडौँ उपत्यकाबाट गत वर्षभन्दा झन्डै दोब्बर यात्रु यस वर्ष बाहिरिएका छन् । यहि महिनामा अहिलेसम्म झन्डै १७ लाख उपत्यकावासी दशैं मनाउन आ–आफ्नो घर गएका छन् ।

कोभिड १९का कारण दशैं मनाउन काठमाडौँ उपत्यका बाहिर जानेको सङ्ख्खा कम हुने गरेकामा यो वर्ष ह्वात्तै बढेको हो । यातायात व्यवसायी महासङ्घ नेपालका अध्यक्ष विजय स्वाँरका अनुसार उपत्यकाबाट बाहिरका जिल्लाहरूमा जाने सबैभन्दा बढी नागरिकले सार्वजनिक यातायातको नै प्रयोग गरिरहेको बताए । अहिलेसम्म १७ लाखको हाराहारीमा नागरिकले उपत्यका छाडेका छन् भने विजया दशमीको दिनसम्ममा अझै दुई लाखले उपत्यका छाड्ने अनुमान गरिएको छ । उनले भने, ‘विभिन्न कारणले जान नपाएकाहरू पनि भोलि र पर्सिसम्म जानुहुन्छ ।’

 


 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु