आईतवार २५ फाल्गुन, २०८१
फागुन २५ काठमाडौं , नेकपा ( एमाले) लिखु तामाकोसी - काठमाडौं सम्पर्क मञ्च द्वारा आयाेजीत चार महिने नि:शुल्क जापानीज भाषा प्रशिक्षण कक्षा सम्पन्न भएकाे छ ।

लिखु तामाकोसी - काठमाडौं सम्पर्क मञ्चको अध्यक्ष रविन तामाङकाे अध्यक्षता , नेकपा ( एमाले) केन्द्रीय सम्पर्क समन्वय कमिटी संयाेजक श्याम कुमार बस्नेतकाे प्रमुख आतिथ्यता तथा सम्पर्क समन्वय कमिटी सचिवालय सदस्य सुरेन्द्र बाेगटी, बागमती प्रदेश सम्पर्क कमिटी उपसचिव सरिता जिरेल लगायत सदस्यहरू , रामेछाप - काठमाडौं सम्पर्क मञ्चको अध्यक्ष प्रमाेद भण्डारी ( रविन्द्र) लगायत पदाधिकारी तथा सदस्यहरू , लिखु तामाकोसी गाउँपालिका कमिटी अध्यक्ष के.बि. पाैडेल लगायत विभिन्न तहका नेता तथा कार्यकर्ताहरूकाे उपस्थितिमा विस्तारित बैंठक , नि:शुल्क जापानीज भाषा प्रशिक्षण कक्षा समापन कार्यक्रम तथा जरा अभियान केन्द्रित विभिन्न कार्यक्रम फागुन २४ गते शनिबार रामेछाप - काठमाडौं सम्पर्क मञ्चको कार्यालय काेटेश्वरमा आयाेजना गरिएकाे लिखु तामाकोसी - काठमाडौं सम्पर्क मञ्चको अध्यक्ष रविन तामाङले जानकारी गराउनु भयाे ।

लिखु तामाकोसी - काठमाडौं सम्पर्क मञ्चले २०८१ भदौ १३ गते ४०- ४५ जना विद्यार्थीहरूकाे सहभागीतामा निकाेला ईन्टरनेशनल एकेडेमी चाबहिलमा शुरू गरिएकाे नि:शुल्क जापानीज भाषा परिक्षण कक्षा २०८१ पाैष १३ गते सम्म आहिपुग्दा विभिन्न कारणले ५०% विद्यार्थीहरूले मात्रै काेष पूरा गरेकाे अध्यक्ष तामाङले जानकारी गराउनु हुँदै लिखु तामाकोसी - काठमाडौं सम्पर्क मञ्चले अन्ने विभिन्न प्रशिक्षण कक्षा पनि छिटै सञ्चालन गर्ने घाेषना समेत गर्नु भयाे ।

