शनिबार २३ जेष्ठ, २०८३ (Saturday June 06, 2026)

राष्ट्रपतिद्धारा नागरिकता विधेयक रोक

बिहीबार १९ श्रावण, २०७९ विचारवाटिका 1974


राष्ट्रपतिद्धारा नागरिकता विधेयक रोक

साउन १९ काठमाडौं, नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने नागरिकता विधेयकमा राष्ट्रपति विद्या देवी भण्डारीले रोक लगाएकी छन् । 
 गत आइतबार नै संसदका दुबै सदनले पारित गरेपछि प्रतिनिधिसभाका सभामुख अग्नि प्रसाद सापकोटाले विधेयक प्रमाणित गरेका थिए । त्यसको अर्को दिन सोमाबार नै संसद सचिवालयले नागरिकता विधेयक प्रमाणिकरणका लागि राष्ट्रपतिकोमा पठाएको हो । 
राष्ट्रपति कार्यालय स्रोतका अनुसार अहिलेसम्म राष्ट्रपति विद्या देवी भण्डारी प्रमाणित गर्ने कि पुनर्विचारका लागि पठाउने भन्ने निर्णयमा पनि पुगिसकेकी छैनन् ।

“संसदबाट विधेयक आएको चारदिन भएको छ । अहिलेसम्म प्रमाणिकरण गरेर जारी गर्ने वा पुनर्विचारका लागि फिर्ता पठाउने भन्ने कुनै निर्णय भएको छैन,” राष्ट्रपतिको निजी सचिवालयका एक सदस्यले भने, “पुनर्विचारका लागि पठाउने राष्ट्रपतिको स्वविवेकीय अधिकार हो । १५ दिनसम्म उहाँलाई समय हुन्छ । त्यतिञ्जेलसम्म उहाँले निर्णय लिनुहुनेछ ।”




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु