मंगलवार २३ भाद्र, २०८३ (Tuesday September 08, 2026)

७७ जिल्लामै पुग्यो मतपत्र

शनिबार २४ बैशाख, २०७९ विचारवाटिका 1531


७७ जिल्लामै पुग्यो मतपत्र

 बैशाख २४ काठमाडौं, यही ३० गते हुन लागेको स्थानीय तह निर्वाचनका लागि ७७ वटै जिल्लाका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतपत्र पुगेको छ ।

निर्वाचन आयोगले भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडबाट यही बैशाख १३ गतेदेखि देशको विभिन्न जिल्लाका लागि ट्रकमा लोड गराइ सुरक्षा प्रबन्धका साथ मतपत्र पठाएको हो ।

सडकमार्ग सहज नहुने जिल्लामा हवाइ मार्गबाट ढुवानी गरिएको थियो । आयोगका मुद्रण अधिकृत बाबुराम कोइरालाको अनुसार मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिल्लाका सम्बन्धित पालिकाका लागि प्याकिङ गराई चाँडै स्थानीयरूपमा मतपत्र ढुवानी गराउने बताए ।




मतहरू

EarnepJen

I mean, this is a problem of enormous complexity buying cialis online usa


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु